coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोनाले रोमालाई हरायो

च्याम्पियन्स लिग फुटबल अन्र्तगत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस क्लब बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४–१ ले हराएको छ।

प्रतियोगिताअन्र्तगत बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले दुई आत्मघाती गोलको मद्दतमा रोमा माथि ४–१ को जित निकालेको हो।

बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र लुईस सुवारेजले एक–एक गोल गर्दा रोमाका ड्यानिएल डे रोसी र कोस्टास मानोलासले आत्माघाती गोल गरेका थिए। रोमाका लागि एडिन जेकोले एक सान्त्वना गोल फर्काए।

जितसँगै बार्सिलोनाको अघिल्लो चरणको यात्रा बलियो भएको छ। 

प्रकाशित: २२ चैत्र २०७४ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App