बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र

बिहिबार, २२ चैत २०७४, ११ : ०३ नागरिक

बुटवल  -  बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र पारिएको छ। कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि लुम्बिनी विकास कोषले तयारी तीव्र पारेको छ।

लुम्बिनी विकास कोषले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति र विभिन्न १३ वटा उपसमिति निर्माण गरेर काम थालेको हो ।वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, १७ गते मूल कार्यक्रम २५६२औँ बुद्धजन्यती तथा लुम्बिनी दिवस मनाइने छ ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीन, भारत, जापान, फ्रान्स, पोल्याण्ड, मलेसिया, जर्मनी, श्रीलंकालगायत १५ राष्ट्रका प्रतिनिधि पर्यवेक्षकले कार्यपत्र प्रस्तुत गर्नाका साथै सम्मेलनमा ४५० जनाले प्रत्यक्ष भाग लिनेछन्।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २५६२ बुद्धजयन्ती तथा लुम्बिनी दिवस वैशाख १५ गते उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए। सो कार्यक्रममा देश विदेशबाट गरी डेढलाख भिक्षु भिक्षुणीको सहभागिता रहनेछ ।

त्यसका लागि करीब तीन हजारजना अट्ने गरी कार्यक्रमस्थल निर्माण भइरहेको छ । चैत ५ गतेदेखि रु तीन करोड ९७ लाखको लागतमा अस्थायी सम्मेलन हल निर्माण थालिएको हो । सभाहलको ३५ प्रतिशत काम सकिएको लुम्बिनी विकास कोषका योजना प्रमुख निमित्त सदस्य सचिव भट्टराईले जानकारी दिए।रासस

 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad