७ वैशाख २०८१ शुक्रबार
समाज

महोत्तरीमा एक महिलाको निर्ममतापूर्वक हत्या

महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–२ वरदाहा घर भएकी २५ वर्षीया पुनम देवी दास तत्तमाको निर्ममतापूर्वक घाटी थिचेर हत्या गरिएको छ।

सोमबार बिहानदेखि घरबाट हराइरहेकी पुनमको मटिहानी नगरपालिका–४ स्थित मटिहानी जनकपुर सडकखण्डको पूर्वतिर सडक छेउको खाल्डोमा हत्या गरी जुटको बोरामा बेरेर फालिएको अवस्थामा बुधबार बिहान शव फेला परेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीकाट ईन्सपेक्टर केदार बस्नेतले बताए।

सडक छेउमै बोरामा हालेर फालिएको अवस्थामा सव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए।

ईन्सपेक्टर बस्नेतका अनुसार शवको प्रकृति हेर्दा कुटपिट गर्नुका साथै घाँटी थिचेर दुई दिन अघि नै हत्या गरिएको हुन सक्छ। मृतकको शरिर भर कुटपिट गरेका घाउहरु समेत देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनामा संलग्न रहेको आशंकामा मृतक पुनमका पति शिवशंकर दास तत्मासहित चारजनालाई नियन्त्रणमा लियर घटनाको थप अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भई रहेको प्रहरीले  जनाएको छ। मृतक पुनमका ४ वर्षीया र ३ वर्षीया दुई छोरी छन्।

प्रकाशित: २२ चैत्र २०७४ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App