ससुरासँग झगडा गरेर बुहारीले जलाइन आफ्नै घर

बिहिबार, २२ चैत २०७४, १० : ५० नागरिक

खोटाङ – ससुरासँगको आपसी झगडापछि खोटाङमा एक महिलाले आफ्नै घर जलाएकी छन्। खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन्। 

धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने गोठ, गोठमा बाँधिएका दुईवटा खसी बाख्रा जलेर मर्नुका साथै ठूलो धनराशि क्षति भएको प्रहरीले जनाएको छ । ससुरासँगको आपसी झगडापछि आस्माले राति करीब १० बजेतिर घरमा आगो लगाएको पारिवारिक स्रोतले जनाएको छ। 

एकान्त ठाउँमा रहेको घरमा भएको आगलागी राति नै घटनास्थल पुगेका स्थानीय र प्रहरीले बुधबार बिहानमात्र नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, खोटाङबजारका प्रहरी नायब निरीक्षक पवनकुमार यादवले जानकारी दिए। 

आगजनी गर्नुअघि आस्माले ससुराका दाजु ललितबहादुर तामाङलाई कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ। निःसन्तान रहेका करीब ७६ वर्षीय ललितबहादुर भाइ प्रेमबहादुरकै घरमा बस्दै आएका छन्। 

भाइको बुहारीबाट कुटिएका ललितबहादुरको देब्रे हात तथा शरीरको विभिन्न ठाउँमा निलडाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट तथा आगजनीका घटना लगत्तै प्रहरीले आस्मालाई नियन्त्रणमा लिएको छ। 

तामाङ परिवारमा लामो समयदेखि झगडा रहेकाले थप अनुसन्धान र कारवाही गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको प्रहरीले जनाएको छ। 

प्रेमबहादुरको छोरा हरि तामाङसँग सौतामाथि आएकी आस्माले जेठीपट्टीको छोरीलाई समेत यसअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरीमा झिकाएर मिलापत्र गराइएको थियो। रासस






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad