७ वैशाख २०८१ शुक्रबार
समाज

बसले किच्दा एकको मृत्यु

जुम्ला – जुम्लाबाट काठमाडाैं चल्ने कर्णाली यातायातको रात्री बसले किच्दा एक जनाको मृत्यु भएको छ। ना५ख ६२६८ नम्वरको बसले किच्दा चन्दननाथ नगरपालिका–६ छिना गाउँका ६० वर्षीया चन्द्रबिर सुनारको मृत्यु भएको हो। बसले बुधबार राती १० बजेतिर सुनारलाई किचेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख असई माधव रावतका अनुसार ड्युटीमा खटिएका प्रहरीले रगत बगिरहेको अवस्थामा सुनारलाई फेला पारेपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लैजादै गर्दा बाटैमा मृत्यु भएको हो।

प्रहरीले बसलाई बसपार्कबाट नियन्त्रणमा लिएको छ। बसपार्कमा पार्किङ गरेको अवस्थामा भेटिएको बसको पछिल्लो टायरमा रगत देखिएपछि प्रहरीले बस र चालक  बलबहादुर चनारालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७४ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App