coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भुवनको अग्रता

काठमाडौं – भुवन नगरकोटीले रोयल नेपाल गल्फ क्लबमा बुधबार इभन पार ६८ खेल्दै समग्रमा ३ अन्डर १ सय ३३ स्कोरका साथ सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि अग्रता कायम राखेका छन्।

२ अन्डर ६६ खेलेका विकास अधिकारी समग्रमा २ अन्डर १ सय ३४ स्कोरसहित दोस्रो स्थानमा रहँदा जयराम श्रेष्ठ (इभन पार १ सय ३६) तेस्रा स्थानमा छन् । जयरामले बुधबार १ अन्डर ६७ को कार्ड बनाएका थिए । रवि खड्का (६७) र नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठ (६९) समान १ ओभर १ सय ३७ स्कोरसहित संयुक्त रूपमा चौथो स्थानमा छन्।

वर्षाका कारण झन्डै एक घण्टा खेल अवरुद्ध भएको दिन बुधबार ८ ओभर ७६ खेल्नाका बावजुद साबिक विजेता रामे मगर ६ ओभर १ सय ४२ स्कोरसहित छैटौं स्थानमा छन् । उनीसँगै समान स्कोरका साथ सूर्यप्रसाद शर्मा (७१) र धनबहादुर थापा (७२) पनि छैटौं स्थानमा छन् । भुवनकुमार रोक्का (७६) ७ ओभर १ सय ४३ स्कोरसहित १०औं स्थानमा छन्।

दुई दिनमा ३६ होलको खेल समाप्ति भएपछि १५ ओभर १ सय ५१ सम्मको प्रदर्शन गर्ने शीर्ष २१ व्यावसायिक खेलाडी आगामी चरणका लागि छनोट (कट) मा पर्न सफल भएका छन् । बाँकी दुई दिनका लागि कटमा सफलता हासिल गर्नेमा रमेश नगरकोटी, प्रदीपकुमार लामा, यलम्बरसिंह अधिकारी, वसन्तराज गुरुङ, पशुपति शर्मा, ध्रुव केसी, विष्णु केसी, गोपाल नगरकोटी, राजेन्द्र श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, सीबी भण्डारी छन्।

एमेच्योरतर्फ ७ ओभर ७५ खेलेका टंकबहादुर कार्कीले ८ ओभर १ सय ४४ स्कोरका साथ अग्रस्थानमा कायम रहेका छन् । यसै गरी ५ ओभर ७३ खेलेका सुवास घिसिङ ११ ओभर १ सय ४७ स्कोरका साथ दोस्रो तथा सुनील केसी (७५) १२ ओभर १ सय ४८ स्कोरका साथ तेस्रो स्थानमा छन् । एमेच्योरतर्फ सुरेन्द्र फुयाल, विनोद तामाङ र सन्दीप तामाङले पनि कटमा सफलता हासिल गरे।
 

प्रकाशित: २२ चैत्र २०७४ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App