coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘ फिल्ममा हानिकारक आइटम गीत’

मुम्बई – बलिउडकी ‘क्वीन’का रुपमा परिचित अभिनेत्री कंगना रनावत रुखो बोलीका कारण विवादमा आउन खप्पिस छिन्।

अन्य कलाकारको विषय होस् या फिल्मकै कामको विषयमा उनले बोलेका कुरा हेडलाइन नबन्ने विरलै हुन्छ । लागेको कुरा बोल्ने क्रमलाई निरन्तरता दिँदै उनले आइटम गीतलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा आइटम गीत उत्तेजक र अश्लिल हुने भएकाले त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने कंगनाको माग छ । ‘त्यसकारण पनि मलाई अहिलेसम्म कुनै पनि फिल्ममा दर्शकले आइटम गीतमा देखेका छैनन् । किनकि यस्तो गीतमा नृत्य गर्दा आफूलाई केही फाइदा हुँदैन ’उनले भनेकी छन्।

कंगनाको बुझाईमा फिल्ममा प्रयोग गरिने आइटम गीत व्यक्ति, समाज र बालबालिकाका लागि हानिकारक हुन्छन् । ‘यदि मेरो या तपाईको छोरी भएमा उसलाई पनि हामीले के आइटम गर्लकै रुपमा चिनाउने हो ?’ उनले प्रश्न गरेकी छन्, ‘म त्यही काम गर्छु, जुन कुराले मलाई खुशी दिन्छ । तर मेरो कारण आम दर्शक भागेको म हेर्न चाहन्नँ । त्यसकारण आइटम गीतप्रति मेरो रुचि छैन । त्यसकारण म फेयरनेस क्रिमको विज्ञापन, ठूला नायकका फिल्म र आइटम नम्बरमा काम गर्दिन्।’

कंगना हाल फिल्म मनिकर्णिकाको सुटिङमा व्यस्त छिन् । यो फिल्मबाहेक उनी फिल्म ‘मेन्टल है क्या’ मा राजकुमार रावको अपोजिटमा देखिँदैछिन् । फिल्ममा एकता कपुरको लगानी छ । यसअघि एकता, कंगना र राजकुमारको जोडी दर्शकले ‘क्वीन’मा देखेका थिए।

प्रकाशित: २२ चैत्र २०७४ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App