७ वैशाख २०८१ शुक्रबार
समाज

‘खाँडो नाच संरक्षण आवश्यक छ’

काठमाडौंमा बुधबार जाजरकोटको प्रसिद्ध खाँडो नाच प्रदर्शन गरिँदै। तस्बिरः जनक/नागरिक

जाजरकोट – उपराष्ट्रपति  नन्दबहादुर पुनले जाजरकोटमा मात्र प्रचलित वीरताको प्रतीक खाँडो नाच जोगाउन  राज्य अग्रसर हुनुपर्ने बताए। नेपाल एकीकरण र नेपाली वीरताको प्रतीकका रूपमा रहेको  जाजरकोटको खाँडो नाचले नेपालीलाई विश्वमा चिनाउन मद्दत गर्ने भएकाले यसको संरक्षण गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताए।

तरबार र ढाल नचाउँदै परम्परागत शैलीमा गरिने खाँडो नाच जाजरकोटमा मात्र चलनमा छ।  नेपालीले मुलुक एकीकरण र अंग्रेजसँग राष्ट्रिय स्वाभिमान जोगाउनका लागि वीरतापूर्ण  लडाइ गरेको झल्काउने खाँडो नाच संरक्षणको पहिलो दायित्व राज्यको भएको बताए।  जाजरकोटको  लोककला र परम्परा प्रवद्र्र्धनका लागि बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले उक्त कुरा बताएका हुन्।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले  सरकारले  जाजरकोटको मात्र नभई मुलुककै  कला  र संस्कृति संरक्षणमा विशेष  काम गर्ने बताए।  पूर्व गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले  जाजरकोटको  कला र संस्कृतिलाई  देशव्यापी वनाउन  आफू लागिपर्ने बताए।

विस १९११ मा  तिब्बती सेनाद्वारा तिब्बतमै घेराबन्दीमा पारिएका राजा रणबहादुर शाहलाई उद्धार गरेको खुसियालीमा  सुरु गरिएको खाँडो नाच नेपाल–अंग्रेज युद्धका बेला प्रयोग गरिएको युद्धकलाको अर्काे रूप भएको स्थानीय राजुराजा सिंहले बताए ।  जाजरकोटी सेनाले नेपाल तिब्बत युद्ध, नेपाल अंग्रेज युद्ध तथा विश्वयुद्धका बेला निर्वाह गरेको वीरतापूर्ण युद्धकलाको मौलिक रूप नै खाडो नाच भएको उनले स्पस्ट पारे ।

प्रकाशित: २२ चैत्र २०७४ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App