८ वैशाख २०८१ शनिबार
अर्थ

वार्सटाइनर बियरको व्यावसायिक उत्पादन

नवलपरासी – राज ब्रुअरी प्रालिले जर्मन बियर वार्सटाइनरको व्यावसायिक उत्पादन सुरु गरेको छ।

वार्सटाइनर ग्रुपका अध्यक्ष क्याथरिना क्रेमरले नवलपरासीस्थित ब्रुअरीको प्लान्ट बुधबार एक समारोहबीच उद्घाटन गरे । अध्यक्ष क्रेमरले नेपालमा आफ्नो उत्पादन विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘हामीले यहाँ फाइदा मात्र चाहेका छैनौं, नेपाली उपभोक्ताको मन जित्न चाहन्छौं,’ उनले भने । जावलाखेल उद्योग समूह (जेसिआई) अन्तर्गतको राज ब्रुअरीसँग साझेदारी सम्झौता गरी जर्मन ब्रान्डको बियर उत्पादन सुरु गरिएको उनले बताए । जेसिआईले रुस्लान भोड्कालगायत विभिन्न ब्रान्डका मदिराजन्य वस्तु उत्पादन गर्दै आएको छ।

राज ब्रुअरीका प्रबन्ध निर्देशक राजबहादुर शाहले विश्वभरका सयभन्दा बढी ब्रान्ड परीक्षणपछि वार्सटाइनर छनोट गरिएको बताए । आफ्नो कम्पनीको मुलुकभर रहेको सञ्जालमार्फत बियर वितरण गरी उपभोक्तामाझ पुर्‍याइने उनले बताए । कम्पनीले करिब ३५ मिलियन अमरिकी डलर लगानीमा बियर उत्पादन सुरु गरिएको जनाएको छ।

नेपालस्थित जर्मन दूतावासकी आवासीय प्रमुख क्लाउडिया हिपीले निजी क्षेत्रसँगको साझेदारीबाट नेपालको आर्थिक क्षेत्र विस्तारमा सहयोग पुग्ने बताइन् । ‘यो साझेदारीले नेपालमा विदेशी लगानी ल्याउन राम्रो उदाहरण प्रस्तुत गरेको छ,’ उनले भनिन्।

व्यावसायिक उत्पादन सुरु गरेसँगै अब वार्सटाइनर बियर नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । बजारमा यसको खुद्रा मूल्य दुई सय ९५ रुपैयाँ पर्ने बताइएको छ । सन् १७५३ देखि परिचित क्रेमरको नवौं पुस्ताले वार्सटाइनर बियर उत्पादनमा उत्कृष्टता प्रदान गरिरहेको जनाइएको छ । वार्सटाइनर ग्रुप जर्मनीको ब्रुअरी क्षेत्रमा अग्रणी स्थानमा पर्छ।

 

प्रकाशित: २२ चैत्र २०७४ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App