coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार झुट र भ्रमको खेतीमा लाग्यो : नेता पौडेल

दमौली– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाएका छन्। 

बुधबार दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा भन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाए। सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको उनको तर्क छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण केबल भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिग्रेको सम्बन्ध सुधार्नेबाहेक आफूले अरु कुनै उपलब्धि नदेखेको बताउँदै नेता पौडेलले भ्रमणलाई लिएर धेरै लोकप्रियता कमाउनेतर्फ लाग्नुभन्दा पनि देशको आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए। 

काँग्रेस अब कसरी अगाडि बढ्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता पौडेलले १४औँ महाधिवेशनपछि काँग्रेस फेरि जुझारु र सक्रिय हुने दाबी गरे। काँग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो। रासस

प्रकाशित: २१ चैत्र २०७४ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App