८ वैशाख २०८१ शनिबार
समाज

लागूऔषध, सुन र गोलीसहित युवक पक्राउ

लहान– लागुऔषध, सुन र गोलीसहित लहान प्रहरीले बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ। सिरहाको कल्याणपुर नगरपालिका–१ चत्तरी टोलका २८ वर्षीय मोहम्मद सजाबुल शेखलाई प्रहरीले पक्राउ गरेको हो।

लहान–१ स्थित चिया पसलमा लहानका सुनचाँदी व्यपारी सन्दीप सोनीलाई सुन दिने क्रममा लहान प्रहरीले शेख र सोनीलाई नियन्त्रणमा लिएको थियो। शेख चढेको स.७.प.६२३१ नम्बरको मोटरसाइकल खानतलास गर्दा डिकीबाट लागु औषध नाईट्राजेपाम २९ थान, चाईनिज पेस्तोलको गोली १ थान, एसएलआरको गोली एक थान बरामद भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक(डिएसपी) गणेश चन्दले जानकारी दिए।

शेखले लहानका सुनचाँदी व्यपारी सोनीलाई सुन दिने क्रममा प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको थियो। डिएसपी चन्दका अनुसार सुनचाँदी व्यवसायी संघ लहानका पदाधिकारीहरुको रोहबरमा सोनीलाई छोडिएको र शेखलाई बिहीबार लागु औषध मुद्दामा म्याद थप गरी कारबाही अघि बढाइनेछ।

प्रकाशित: २१ चैत्र २०७४ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App