६ वैशाख २०८१ बिहीबार
अर्थ

ह्वावेको ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं– ह्वावे कम्पनीको बहु–प्रतिक्षित ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा लञ्च गरिएको छ। ह्वावे कन्ज्युमर बिज्नेस गु्रपले ग्राण्ड पलाईस्मा आयोजित एक भव्य लन्च इभेन्टमा ह्वावे पी२० र पी२० प्रो लाई लन्च गरेको हो।

ह्वावे पी२० प्रो मा विश्वकै पहिलो लिईका ट्रिपल क्यामरा छ, दुवै डिभाइसमा अद्वितीय एवन को फाइदाहरु छन्, जसमा प्रविधि र कलाको अद्भूत संगम छ। जसले एउटा छुट्टै स्मार्टफोनको अनुभव प्रदान गर्छ। ह्वावे पी२० सिरिज्को आगमनसँग ह्वावेले प्रयोगकर्ताको लागि सहजरुपमै एउटा अनुभवी फोटोग्राफरले झै फोटो खिच्ने सुविधा प्रदान गर्नेछ।

ह्वावे कन्ज्युमर बिज्नेस गु्रपको प्रमुख कार्यकारी अधिकृत रिचर्ड युले लञ्च समारोहमा भने, ‘हाम्रो डिजाइन र नवीनतालाई परिष्कृत गर्दै लग्न हामी सधैं आर्टिष्टहरुबाट प्रेरणा लिन्छौं। ह्वावे पी२० सिरिज्ले लिईकासँगको हाम्रो समायोजनको सम्पदाको निर्माण गरेको छ। ह्वावे पी२० प्रो मा रहेको नवीनतम ट्रिपल क्यामरा र ह्वावे पी२० मा अत्याधुनिक डुअल क्यामरा र दुवैको शक्तिशाली आर्टिफिसियल इन्टिलिजेन्सले अहिलेका ग्राहकवर्गले आफ्नो संसारको उत्कृष्टतालाई आफ्नो क्यामरामा कैद गर्न सक्छन्।’

ह्वावे पी२० सिरिज्मा आधुनिक, इन्टेलिजेन्ट क्यामरा सिस्टम समावेश छ, जसले उपभोक्तालाई त्यस्तो विशेषता प्रदान गर्दछ, जसले स्मार्टफोन फोटोग्राफिको हरेक पक्षलाई उत्कृष्ट बनाउँछ।

प्रकाशित: २१ चैत्र २०७४ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App