coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौता प्रक्रिया सुरु

एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरममा सहभागी हुँदै उर्जामन्त्री पुन ।

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन्। उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दावी गरे। 

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी गराएका थिए। उनले भारतसंग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिंदै अब बंगलादेश र चीनसंग पनि छिट्टै सम्झौता हुने बताए। ‘हामीले भारतसंग पिटिए सम्झौता गरिसकेका छौं, अब चीन र बंगलादेशसंग पनि हामी पिटिए गर्ने तयारीमा छौ, यसबाट क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं’, मन्त्री पुनले भने।

मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेकोमा सबैको ध्यानाकर्षण गराए। उनले दिगो र गुणस्तरीय विद्युत विकास गर्न क्षेत्रीय सदस्यबीच सम्बन्ध बलियो हुनुपर्ने धारणा समेत कार्यक्रममा राखेका छन्। 

प्रकाशित: २१ चैत्र २०७४ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App