६ वैशाख २०८१ बिहीबार
कला

अभिनेत्रीको अश्लील सीन खिचेर दुरुपयोग गर्ने निर्देशक पक्राउ

मुम्बई– अभिनेत्रीमाथि दुर्व्यवहार गरेको आरोपमा भोजपुरी फिल्मी उद्योगका निर्देशक उपेन्द्र कुमार वर्मालाई प्रहरीले पक्राउ गरेको छ।

२८ वर्षीय एक अभिनेत्रीको वाथटबको अश्लील सिनहरु अनुमति विना सामाजिक सञ्जाल युट्युब र पोर्न साइटहरुमा अपलोड गरेको आरोपमा मुम्बई प्रहरीले वर्मालाई सोमबार पक्राउ गरी हिरासतमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

वर्माले शर्ट फिल्मको शुटिङका लागि ती अभिनेत्रीको ३ दिनको समय लिएका थिए। जसमा वाथटबको सीन पनि थियो। तीमध्ये केही अश्लील सीनमा उनले आपत्ति जनाइन। उनको असन्तुष्टिपछि निर्देशकले पारिश्रमिक दिएर आपत्तिजनक सीन हटाउने प्रतिबद्धता जनाएका थिए।

तर, केही दिनपछि उनका केही आपत्तिजनक सीन युट्युबमा देखिए। आफ्ना नजिकका साथीबाट यो कुरा थाहा पाएपछि उनले हटाउन आग्रह गरिन। त्यसक्रममा उनले आफ्नो अश्लील सीन केही पोर्नसाइटमा समेत अपलोड भएको थाहा पाइन। पोर्न साइट र युट्युबबाट सीनहरु हटाउन आग्रह गर्दा निर्देशकले अस्वीकार गरे। उल्टै मेकअपमा लागेको १५ हजार रुपैयाँ फिर्ता माग्न थाले। त्यसपछि पीडित अभिनेत्री प्रहरीको शरणमा पुगिन। 

उनको उजुरीका आधारमा प्रहरीले उपेन्द्र वर्मालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको मुम्बईका डिप्टी कमिश्नर परमजीत सिंह दहियाले जानकारी दिए। उनका अनुसार उपेन्द्रको मोबाइल र ल्याप्टप सीज गरिएको छ। 

घटना २०१७ को भएपनि निर्देशक वर्मा एक वर्षपछि पक्राउ परेका हुन्। 

प्रकाशित: २१ चैत्र २०७४ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App