coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डिपिएल : काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया पराजित

धनगढी- रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटप्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको छ। 

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा काठमाडौँ गोल्डेन्सले टस जितेर ब्याटिङ गरेको थियो। निर्धारित २० ओभरको खेलमा काठमाडौँले नौ विकेट गुमाउँदै एक सय ३७ रन बनायो। एक सय ३८ रनको विजय लक्ष्य पछ्याउने क्रममा अत्तरियाले आठ विकेट गुमाउँदै मात्र एक सय २६ रन बनायो। 

काठमाडौँ गोल्डेन्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए । उनले ४३ बलमा तीन छक्का र चार चौका प्रहार गरे। नरेश बुढाऐरले १७ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । रशिद खानले नौ बलमा १६ रन बनाए। 

बलिङतर्फ सिवाइसी अत्तरियाका शुभांकर उरावले तीन विकेट लिए। कृष्ण कार्की र विपीन चन्द्रले दुई दुई विकेट लिए। यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । जवाफी ब्याटिङका गर्ने क्रममा अत्तरियाले १२८ रन मात्र बनाउन सक्यो। उन्नाइसौँ ओभरमा जीतका लागि १९ रनको आवश्यकता थियो । उन्नाइसौँ ओभरमा अत्तरियाले कुनै रन जोड्न सकेन। सुबोथ भाटीले मेडन विकेट लिए। अन्तिम ओभरमा अत्तरियाले मात्र ६ रन जोड्न सक्यो। अत्तरियाका लागि गौरव चित्काराले २६ बलमा चार छक्का र एक चौकासहित ३६ रन बनाए। विपीनले अविजित रहँदै २४ बलमा दुई छक्का र एक चौकासहित २६ रनको योगदान दिए। शुभांकरले १२ रन बनाए। 

बलिङतर्फ काठमाडौँ गोल्डेन्सका प्लेयर अफ द म्याच सुबोथले तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै एक मेडन राख्दै १० रन खर्चे। सन्नी पटेल र रशिदले दुई दुई विकेट लिए। शाहव आलमले एक विकेट लिए।

प्रकाशित: २१ चैत्र २०७४ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App