८ वैशाख २०८१ शनिबार
समाज

सहकारीले गाउँका महिलामा समृद्धि

जुम्ला – जुम्लाका प्रत्येक गाउँमा सहकारीले काम गर्न थालेपछि समृद्धि ल्याएको अनुभूति स्थानीयले गर्न थालेका छन्।  सहकारीले स्थानीय महिलाको जीवन स्तरमा परिवर्तन ल्याएको छ। पाँच वर्ष अघीसम्म घर खर्च चलाउनको लागि श्रीमानको भर पर्नुपरेकोमा अहिले उल्टै खर्च दिएर श्रीमानलाई पठाउने गरेको महिलाहरुले बताएका छन्। ग्रामिण क्षेत्रका महिलामा सहकारीले वचत गर्ने बानीको विकास गरेको छ। क्रृणको सदुपयोग र परिचालनका साथै रकमको चाजोपाचो मिलाउने गरेको चन्दननाथ वहूद्देशिय सहकारी संस्था जुम्लाकी अध्यक्ष दुर्गा न्यौपानले जानकारी दिइन्। उनका अनुसार चन्दननाथ सहकारीमा जिल्ला भरका १६ हजार महिला आवद्ध छन्।

६१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जुम्लामा गठित सहकारीले गाउँमा ल्याएको समृद्धिको वारेमा चर्चा गरिएको छ। स्थानीयमा सहकारी मार्फत अघि वढ्दा आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुने छाप परेको न्यौपानेले बताइन् उनले महिला सहभागिता भएको सहकारीको सम्मुनति र समृद्धि भएको बताइन्। रैथाने पोशाकको संरक्षण, अर्गानिक परम्परागत वालीको प्रवद्र्धन र वजारीकरणको लागि सहकारी मार्फत महिला हौसिएका छन्। न्यौपानेले गाउँ–गाउँमा पुगेर सहकारीको मर्म र फाईदाका वारेमा सहजीकरण हुने गरेको बताइन्।

नौमुडे वचत सहकारी संस्थाका अध्यक्ष जयराज भारतिले आर्थिक समृद्धिको आधार भनेकै सहकारी भएकोमा जोड दिए। उनले भने, ‘सहकारीले समाज, परिवार र व्यक्तिमा समृद्धिको किरण छरेको छ। सहकारी सदस्य भएर व्यापार, व्यवसाय गर्ने आर्थिक रुपमा वलियो वन्ने हौसला प्रदान हुने गरेको छ’।

डिभिजन सहकारी कार्यालय जुम्लाका निमित्त प्रमुख मुकुन्द चौलागाईले दर्ता भएका अधिकांश सहकारीले सहकारीको मर्म वमोजिम काम गरेकोमा खुशी व्यक्त गरे। उनले भने, ‘निस्क्रिय सहकारीलाई दर्ता खारेजीसम्मको काम भईरहेकोमा सक्रिय सहकारीलाई हौसला र उत्प्रेरणा दिने गरिएको छ।’

जिल्लाभर झण्डै २ सय बढि सहकारी दर्ता भएका छन्। सहकारीकर्मीले गाउँमा सहकारीले ल्याएको परिवर्तनका विषयमा देउडा गीतबाटै चर्चा गरेका थिए। जिल्ल्ला सहकारी संघ जुम्लाका अध्यक्ष पदमवहादुर महतले जुम्लाका सवै सहकारीको एकता र प्रतिवद्धताले गाउँगाउँमा समृद्धिको ढोका खुलेको वताए।

प्रकाशित: २१ चैत्र २०७४ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App