७ वैशाख २०८१ शुक्रबार
समाज

बस नचलाउने व्यवसायीको रुटप्रमिट खारेजीको तयारी, नयाँलाई अस्थायी अनुमति

काठमाडौं- सिण्डिकेटधारी यातायात व्यवसायीले कोटेश्वरपूर्वका यातायात सञ्चालनमा नगरेपछि यातायात व्यवस्था विभागले  नयाँ रुटइजाजत खुल्ला गरेको छ। कोटेश्वरपूर्वका १२ वटा यातायात सेवा समिति बुधबार आमहडतालमा उत्रिएपछि विभागले नयाँ सवारीको लागि रुटइजाजत खुल्ला गरेको हो।

 यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले सिण्डिकेटधारी यातायात व्यवसायीले यातायात ठप्प पारेपछि  काठमाडौं बनेपा रुटमा रुटपरमिट  अस्थायी तथा स्थायी रुट इजाजत खुल्ला गरेको बताए। ‘संगठीत रुपमा यातायात व्यवसायी  हडतालमा उत्रिएपछि विभागले नयाँ रुटइजाजत खुल्ला गरेको हो,’ उनले भने,‘काठमाडौं– बनेपा रुटमा अस्थायी रुट खुल्ला गरेर सवारीसाधन चलाउन अनुमति दिएका छौं।’

कोटेश्वरपूर्वका १२ वटा यातायात सेवा समितिले सवारी अवरोध गरेपछि विभागले साझा यातायात, अन्नपूर्ण, लगायतका २२ वटा  बसलाई काठमाडौं-बनेपा रुटमा अस्थायी इजाजत दिएर सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको हो।  कोटेश्वरपूर्वका १२ वटा यातायात व्यवसायीले सवारीसाधन अवरोध गरेपछि स्थानीय जनता मर्कामा परेका छन।  काभ्रे कोटेश्वर, जडीबुटी, कौशलटार, भक्तपुर लगायतका स्थानमा सवारीसाधनको अभाव भएर सर्वसाधारणले सास्ती भोगेका छन्। सार्वजनिक यातायात सञ्चालन नगर्नेको सवारी रुटपरमिट खारेज गर्ने तयारी गरेका छौ।

जिल्ला प्रशासन कार्यालयले सवारी नचलाउने व्यवसायीको नाम सिफारिस गरेपछि रुटप्रमिट खारेजी प्रक्रिया अघि बढाइने छ। ‘सार्वजनिक सवारीसाधन नचलाउनेको रेकर्ड राख्न जिल्ला  प्रशासन कार्यालयलाई अनुरोध गरेका छौं’, महानिर्देकश भट्टराईले  भने,‘कोटेश्वरपूर्वका १२ वटा यातायात सेवा समिति बुधबार सवारीसाधन पार्किङ स्थलमा थन्काएर  सवारीसाधन अवररुद्ध  गरेका छन्।’

चक्रपथ-बनेपारुटमा सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिन्डिकेटवाला यातायात व्यवसायी आन्दोलनमा छन्।

यही चैत १ गतेबाट सेवा सुरु गरेको मयुर यातायाततर्फ यात्रु आकर्षित भएपछि सिन्डिकेटवाला व्यवसायीले सेवा बन्द गराउने धम्की सहित हडतालमा उत्रिएका छन्।

मयुर यातायातले काठमाडौं–बनेपा रुटमा २४ वटा सुविधासम्पन्न नयाँ बसमार्फत सेवा सुरु गरेको छ । ४२ सिटे बसमा निःशुल्क वाइफाई सुविधा समेत छ । साथै, यसमा आमाबच्चा सिट समेत छ।

सिन्डिकेटवाला व्यवसायीले भने मयुरलाई कोटेश्वरबाट पूर्व यातायात सञ्चालन गर्न दिएको इजाजतपत्र खारेज नगरिए चैत १८ गतेदेखि चरणबद्धरुपमा आन्दोलनमा छन्।

 

प्रकाशित: २१ चैत्र २०७४ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App