वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने घाेषणा गरेका छन्।
यसलार्इ अमेरिकी सरकारकाे उच्च कदम भन्दै राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गरेका थिए। मेक्सिकाे सीमानामा पर्खाल लगाउने घोषणा ट्रम्पले यसअघि नै गरेका भएतापनि संसदले साथ नदिँदा उनकाे घाेषणा लागू हुन सकेकाे छैन।
मेक्सिकोका आप्रवासीहरु अाउने जाने नराेकिएसम्म अमेरिका निःशुल्क व्यापार सम्झौताकाे खतरामा रहने ट्रम्पकाे दाबी थियाे।
प्रकाशित: २१ चैत्र २०७४ ०६:३३ बुधबार