coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. भट्टराईले सुरक्षा टोली फिर्ता गर्ने

काठमाडौं-  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले आफ्नो सुरक्षामा उपलब्ध गराएका सुरक्षाकर्मीलाई फिर्ता पठाउने भएका छन्। उनले व्याक्तिगत सुरक्षा अधिकृत (पीएसो) बाहेक अन्य सबै सुरक्षाकर्मीलाई फिर्ता पठाउन लागेका हुन्।

नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेका अनुसार डा. भट्टराईले बैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत बाहेक नेपाल सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका हुन्।

साथै उनले अतिविशिष्ट/विशिष्ट व्यक्तिको सुरक्षाको नाममा धेरै जनशक्ति दुरुपयोग भएकोले यसमा सुधारकालागि नियम पुनरावलोकन गर्न केही साता अगाडि भेटेरै गृहमन्त्री र विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी/ सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखसँग समेत आग्रह गरेका थिए।

सरकारले डा. भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App