coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

हेटौँडा-  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका  छन्।

उनले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिने बताए।उनले प्रदेश नं ३ को १३ जिल्लासँग जोडिने सडक यातायातलाई उच्च प्राथमिकताका साथ सरकारले निर्माण शुरु गर्न लागेको जानकारी दिए।

जिल्ला खेलकूद विकास समिति सचिव खुसराज दाहालले रङ्गशालामा हालसम्म भइरहेको निर्माण कार्यको प्रगति र राष्ट्रिय खेलकूद परिषदबाट प्राप्त अनुदान रकमले मात्र निर्माण कार्य अपुरो हुने भएकाले प्रदेश सरकारले थप अनुदान रकम उपलब्ध गराइदिन माग गरे।रासस

प्रकाशित: २१ चैत्र २०७४ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App