coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नातिनी करणी गर्ने हजुरबुबा पक्राउ

पाँचथर- नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।

पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दै आएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए । मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ।रासस

प्रकाशित: २१ चैत्र २०७४ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App