७ वैशाख २०८१ शुक्रबार
खेल

च्याम्पियन्स लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हराएको छ।

आफ्नै घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिला लेगमा ३२ औं मिनेटमा पाब्लो साराबियाको गोलमा लिएको अग्रता जोगाउन नसक्दा सेभिल्ला पराजित भयो। बार्यनलाई जिताउन खेलको ३७ औं मिनेटमा सेभिल्लाका जिसस नाभासले आत्माघाती गोल गरे।

त्यस्तै बार्यनका लागि ६८ औं मिनेटमा थियागो अल्कान्ताराले अर्को गोल थपेपछि बार्यन पहिलो लेगमा दुई एकको अग्रता लिन सफल भयो। निर्धारित समयमा दुवै टिमबाट अरु गोल नभएपछि बार्यन पहिलो लेगमा अग्रता लिन सफल भयो।

च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगका बाँकी दुई खेल आज राति हुनेछन्। आज राति स्पेनको बार्सिलोनाले ईटालीको एएस रोमासँग खेल्दा दुई इङलिस क्लब लिभरपुल र म्यानचेस्टर सिटी भिड्ने छन्।

प्रकाशित: २१ चैत्र २०७४ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App