भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

बुधबार, २१ चैत २०७४, ११ : ४४ नागरिक

काठमाडौँ- पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ।

काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भने, “अत्यन्तै सुस्तगतिमा काम भएकाले निर्धारित समयमा सकिंदैन” । भ्यू टावर निर्माणका लागि खम्बा राख्ने काम भइरहेको छ, जुन पहिलो चरणको काम हो।

विसं २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द विकोइ विल्ड र कामपाबीच निर्माणको लागि सम्झैता भएको थियो । नियमअनुसार सम्झौता भएको पाँच वर्षमा निर्माणको काम सक्नुपर्नेछ । हाल टावर निर्माणका लागि दैनिक ५० जना कामदार खटिएका छन्।

शुरुमा २९ तल्लाको निर्माण गर्ने भने पनि २०७२ सालको भूकम्पले गर्दा १२ तत्लाको बनाउने तयारी गरिएको छ । निर्माणको अवधिभरि निर्माण गर्ने कम्पनीले वार्षिक रु ९८ लाख र निर्माणपश्चात वार्षिक रु दुई करोड ३५ लाखको दरले तिर्नुपर्छ भने वार्षिक पाँच प्रतिशतका दरले रोयल्टीमा वृद्धि हुनेछ।

टावर निर्माणपछि महानगरको भौतिक समृद्धि वृद्धि हुने, पर्यटनलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने, उच्चस्तरीय सामान एकै स्थानमा प्राप्त गर्न सकिने बताइएको छ।

करिब २३ रोपनी पाँच आना जमिनमा टावर निर्माण हुनेछ । सार्वजनिक–निजी साझेदारिताका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधि बुटमार्फत ३० वर्ष टावर निर्माण पक्षले सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ।रासस

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad