नेपाली भन्दै भारतीय सुन बिक्री

बुधबार, २१ चैत २०७४, १० : २१ नागरिक

गौशाला-  महोत्तरी जिल्लाको विभिन्न बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ।

महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम नछाप्ने शर्तमा एक सुन व्यापारीले बताएका छन्।

महोत्तरीको सीमा नाकासँग जोडिएको सदरमुकाम जलेश्वरसहित सम्सी, मटिहानी, खैरबन्नी, रघुनाथपुरलगायतका बजारमा भारतीय १८ र २० क्यारेटका सुन २२ र २४ क्यारेट भन्दै उपभोक्तालाई बेच्ने काम भइ आएको छ।यसका अलावा सुन तस्करले जिल्लाको गौशाला, बर्दिबास, औरही, बलवा, पिपरा र भ्रमरपुरा बजारमा पनि भारतीय सुन पुर्‍याउने गरेको उनले बताए।

साधारणतया उपभोक्तालाई सुनको गुणस्तरबारे थाहा नहुने भएका कारण पसलेले सोझासाझा नेपाली ग्राहकलाई भारतीय सुन नै नेपाली मूल्यमा बिक्री गरिरहेको बताइन्छ । सुनचाँदी पसलेले ग्राहकको बिलमा सुनको क्यारेट उल्लेख नगरी केवल परिमाण मात्र उल्लेख गर्ने गर्दछन् । नेपाली सुनको मूल्यमा भारतीय सुन बिक्री गर्दा मूल्यमा ठूलो अन्तर रहने र धेरै मुनाफा हुने नाम उल्लेख नगर्ने शर्तमा अर्का एक व्यापारीले बताए।

जिल्लाको ग्रामीण भेगमा त झन् बढी ग्राहक ठगीमा पर्ने गरेको छ । अहिले नयाँ सुनचाँदी पसलले मात्रै नभएर जिल्लाको विभिन्न बजारमा ख्याति कमाएर बसेका पुराना सुनचाँदी पसल समेत यस अवैध धन्धामा संलग्न रहेको दाबी ती व्यापारी गरेका छन् । महोत्तरीको विभिन्न बजारमा गरी दैनिक १० किलोग्रामभन्दा बढी सुन बिक्री हुने गरेको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad