coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कागज कारखानामा आगलागी हुँदा , १८ लाखको क्षति

रत्ननगर- चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।

भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो । दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए ।

सो घटनामा मानवीय क्षति भने भएन । कारखाना र त्यहाँ रहेका कागज र कच्चापदार्थ ठूलो मात्रामा क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबारे प्रहरी अनुसन्धान भइरहेको छ।रासस

 

प्रकाशित: २१ चैत्र २०७४ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App