७ वैशाख २०८१ शुक्रबार
प्रवास

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

लन्डन— युरोपियन मुलुक स्लोभाकियामा रेलको ठक्करले मृत्यु भएका दावा लामाको शव नेपाल पठाउन ६ हजार युरो संकलन भएको छ। गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष नवराज रोस्याराका अनुसार लामाको शव नेपाल पठाउन आवश्यक पर्ने उक्त रकम एनआरएन जर्मनीको पहलमा संकलन भएको हो।

जर्मनी, अष्ट्रिया, अमेरिकामा रहेका नेपाली तथा नेपाली संघस्थाहरुले रकम सहयोग गरेका हुन्। व्यक्तिगत रुपमा तथा संघसंस्थाहरुले पनि रकम संकलन गरेका छन्। अमेरिका निवासी नेहरुराज गिरी तथा तमु समाज ह्याम्बर्गले रकम संकलनमा विशेष महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

शव नेपाल पठाउन कानुनी प्रक्रिया थाली सकिएको अध्यक्ष रोस्याराले जनाएका छन्।

सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गतहप्ता सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको थियो। मृतक लामाको शव ब्राटिस्लावाको इन्स्ट्च्यिुट अफ मेडिसिन अस्पातलमा राखिएको छ।

गैरकानुनी रुपमा त्यहाँ बसोबास गर्दै आएका उनको दुर्घटनाबाट मृत्यु भएपछि शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ जर्मनीले अगुवाई गरेको थियो।

प्रकाशित: ८ भाद्र २०७३ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App