७ वैशाख २०८१ शुक्रबार
कला

शुक्रबार चौथो ‘गर्जियस अटायर’ सो

  ललितपुर – गर्जियस इन्ष्टिच्यूट अफ फेशन टेक्नोलोजी ‘गिफ्ट’को आयोजनामा शुक्रबार पाटनमा चौथो ‘गर्जियस अटायर’ सो हुने भएको छ।

सन् २०११ मा स्थापना भएको सो संस्थाले २०१३ देखि तीन पल्टसम्म उक्त सो गरिसकेको मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थाका कोरियोग्राफर सनिल शाक्यले १० जना पुरुष र १६ जना गरी जम्मा २६ जना प्रतियोगीले इभेन्टमा फेसन सो गर्ने बताए।

नेपाली चलचित्रका नायक सरोज खनाल प्रमुख अतिथि बनाएर गरिने सो कार्यक्रममा कर्णदास, राजभाइ सुवाल जस्ता कलाकार र फोटोग्राफरहरू पनि विशिष्ट अतिथिको रुपमा रहने बताइएको  छ । क्लवमान्डुका प्रज्ज्वल शाक्यले ड्रेस डिजाइनर र मोडलहरूको प्रमोसनको लागि उक्त सो गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराए । सो साँझ ६ बजेबाट सुरु भइ ९ बजेसम्म सक्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

प्रकाशित: २१ चैत्र २०७४ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App