८ वैशाख २०८१ शनिबार
समाज

शंखमुलमा आगलागी, ५ दमकलले निभाए आगो (भिडियो)

काठमाडौं–शंखमुलमा रहेको एक सोफा कारखानामा आगलागी हुँदा एकजना घाइते भएका छन्।

बुधबार बिहान लागेको आगोमा मोहमद सवाज आलम घाईते भएका हुन्। उनको पाखुरा, अनुहार र शरीरका अन्य भाग आगोले पोलिएको छ। आगो निभाउने क्रममा उनी पोलिएका हुन्। आलम सोफा कारखानाका मालिक हुन्।

आगो निभाउन ५ वटा दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो। करिव १ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको घाइते आलामले बताए।
छेउको घरममा ग्रिल जोड्नका लागि गरिएको वाल्डिङका क्रममा आगोको झिल्का सल्केर सोफाको फर्म जलेर आगो फैलिएको आलमले बताए। उनका अनुसार २० लाखको क्षति पुगेको छ।

भिडियोः

प्रकाशित: ८ भाद्र २०७३ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App