१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

माउथवासले जोगाउन सक्छ यौन रोग गोनोरियाबाट !

लण्डन– दैनिक रुपमा एकपटक माउथवासको प्रयोग गरी मुख कुल्ला गर्नाले गोनोरियाबाट जोगिन सकिने एक अध्ययनले देखाएको छ।

एक अध्ययनका अनुसार मानिसले नियमित मुख कुल्ला नगर्दा विभिन्न रोगका किटाणु हप्तौंसम्म उसको मुखमा हुने सम्भावना हुने जनाएको छ। यस्ता खाले किटाणुमा गोनेरियाका जस्ता यौन संक्रमित रोगसमेत हुने गरेको अध्ययनकर्ताले जनाएका छन्। अध्ययनका अनुसार अहिले मानिसहरु असुरक्षित मुखमैथुन गर्नेे भएकाले एक व्यक्तिको रोग अन्य मानिसमा सर्ने सम्भावना हुने जनाएको छ।

अध्ययनकर्ताले भनेका छन्, ‘गोनोरिया एक यौन रोग हो जुन असुरक्षित यौन क्रियाकलापबाट देखा पर्ने रोग हो यसका किटाणुहरु लिङ्ग र योनीमा तथा मुखमा रहने भएकाले असुरक्षित यौनसम्पर्क तथा असुरक्षित मुखमैथुनबाट सजिलै एक मानिसबाट अर्को मानिसमा सर्ने सम्भावना धेरै हुन्छ।

बेलायतको सरकारी स्वास्थ्य सस्थाले जारी गरेको नयाँ तथ्याङ्कका अनुसार सन् २०१२ देखि २०१५ का बिचमा मात्र गोनोरियाबाट संक्रमित मानिसको संख्या ५३ प्रतिशतले बढेको छ। विगतमा बेलायतमा गोनोरियाबाट संक्रमित हुनेको संख्या २६ हजार ८ सय ८० रहेकोमा अहिले उक्त संख्या बढेर ४१ हजार १ सय ९३ रहेको छ।

त्यहाँका चिकित्सकहरुले कोहिकोहि  मानिसा गोनोरिया रोग लागिसक्दा समेत कुनै लक्षण देखा नपर्नसक्ने बताउँदै रोगको शंका लागेमा विर्य तथा पिसाब परीक्षण गर्न सुझब दिएका छन्। उनीहरुले एक पटक गोनोरियाबाट संक्रमित भई निको भएका मानिसमा समेत यो रोग पुर्न दोहोरिन सक्ने बताए।

हाल अध्ययनकर्ताहरु दैनिक माउथवासको प्रयोग गरि नियमित मुख कुल्ला गर्नाले गोनोरीयाको संक्रमण सर्नबाट रोक्न सक्ने बताउदै यस विषयमा थप अध्ययन भैररहेको जनाएका छन्।

प्रकाशित: ८ भाद्र २०७३ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App