८ वैशाख २०८१ शनिबार
अर्थ

सरकारले तयार गर्‍यो नयाँ प्रविधि भित्र्याउने योजना

काठमाडौं – विश्वमा चलेको चौथो औद्योगिक क्रान्तीसँगसँगै मुलुकलाई अगाडी बढाउन सरकारले नयाँ योजना तयार गरिरहेको उद्योग, वाणिज्य तथा आपूती सचिव चन्द्रकुमार घिमिरेले बताए । मुलुकमा तीव्रगतिमा औद्योगिक विकास गर्न नयाँ प्रविधि भित्रयाउन के के गर्न सकिन्छ भनेर विभिन्न मन्त्रालय मिलेर त्यस्तो योजना बनाएको उनले बताए।

विश्वमा विकास भएको पछिल्ला प्रविधि (आर्टिफिसिएल इन्टिलिजेन्स) मा नेपालको प्रगति नाजुक भएको अवस्थामा यसकलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर २२ वटा मन्त्रालय मिलेर योनजा तयार गरेको उनले बताए । ‘नयाँ प्रविधलाई अगाडी बढाउन के गर्न सकिन्छ भनेर एक रोडम्याप तयार गरेका छौं,’ चौथो औद्योगिक क्रान्ती, अवसर र चुनौती विषयक नेपाल आर्थिक पत्रकार समाज (सेजन) गरेको एक कार्यक्रममा बोल्दै घिमिरेले भने, ‘यसलाई मन्त्रीपरिषदमा लैजाने तयारी छ।’

नयाँ प्रविधीको प्रयोग विना नेपालजस्ता अति गरिब मुलुकले आद्यौगिक विकास गर्न गाह्रो हुने भएकाले उत्पादन क्षेत्रमा प्रविधीको प्रयोगमा ध्यान दिनु आवश्यक रहेको छ । ‘नयाँ प्रविधिलाई अब कसैले रोक्न सक्दैन,’ चौथो औद्योगिक क्रान्ती, अवसर र चुनौती विषयक एक कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ती सचवि चन्द्र घिमिरेले भने, ‘नेपालजस्ता अति कम विकसित देशलाई प्रविधीसँगै अगाडी बढ्न नसक्ने जोखिम पनि छ।’

विश्वमा चौथो औद्योगिक क्रान्ती चलिरहेको बेला त्यससँगै नेपाललाई अगाडी बढाउन सरकारले नयाँ प्रविधी ल्याउने ध्यान दिनु पर्ने कार्यक्रमा सहभागीहरूले सुझाए । चौथो औद्योगिक क्रान्ती भनेको इन्टरनेट र विग डाटासँग वरिपरी रहेको छ।

जसको प्रयोग गरेर विश्वका विकसित देशहरूले आद्योगिक क्रान्ती र दैनिक जीवनलाई सहज बनाइरहेका छन् । ‘इन्टरनेट र विग डाटा चौथो औद्योगिक क्रान्तीको प्रमुख तत्व हुन्,’ इन्हास्ड इन्डिग्रेटेड फ्रेमवर्क (इआइएफ)का कार्यकारी निर्देशक रत्नाकर अधिकारीले भने, ‘यि साधन प्रयोग गरेर विश्वमा विभिन्न काम भइरहेका छन्।’

पछिल्लो पटक नेपालमा आएको हुवानोइट रोवट सोफिया, विभिन्न रोबटहरू (एआइ) र मान्छेको जीवन र ठुल्ठुला कामलाई छिटो छरितो बनाउन प्रयोग हुने प्रविधिलाई चौथो औद्योगिक क्रान्तीका रुपमा लिन सकिन्छ । यदि नेपाल सरकार र सम्बन्धित सरोकारवालाले यस्तो प्रविधिलाई भित्रयाउन अहिले देखि नै गम्भिर नहुने हो भने धेरै पछि परिने उनलको भनाइ छ।

चौथो औद्योगिक क्रान्तीमा प्रयोग भइरहेका प्रविधिले औद्योगिक उत्पादन बढाउने सहयोग गरेको छ भने विश्वको सामाजिक, आर्थिक, विज्ञान, खोज अनुसन्धानमा सहयोग गरिरहेको छ । अधिकारीका अनुसार प्रविधिको चौथो क्रान्तीले ठूलो मात्रामा उत्पादन बढाउन, कृषिमा आधुनकिरण गर्न, आद्योगिक विकास, सेवा क्षेत्र, इ–कमर्स, शिक्षा, स्वास्थ्य, वातावरण, विपत व्यवस्थापन, नयाँ आविस्कार लगायतमा सहयोग गरिहेको छ।

‘नयाँ प्रविधिले उत्पादन क्षेत्रमा सबैलाई प्रतिस्प्रधात्मक बनाएको छ,’ अधिकारीले भने, ‘ड्रोनको प्रयोगले कृषि क्षेत्रमा ठूलो सहयोग गरिरहेको छ ।’यति हुदाहुदै पनि प्रविधीको व्यापक प्रयोगले व्यक्तीको रोजगारीमा असर गर्न सक्ने देखिन्छ । सयौ मान्छे लाग्ने ठाउँमा एकै मेसिनले गर्न सक्ने भएपछि त्यसबाट बेरोजगार हुने संख्या बढ्दै जाने आशंका गरिएको छ । ‘प्रत्यक्ष रुपमा बेरोजगार हुने सम्भावना देखिए पनि यसले अन्य तरिकाबाट थप रोजगार सृजना गर्छ,’ अधिकारीले भने।

चौथो पुस्ताको प्रविधिको प्रयोगलाई तल्लो स्तरसम्म पुर्‍याउन नागरिक समाज, सरकार, सञ्चार माध्यम र निजी क्षेत्रले विशेष भूमिका खेल्ने उनले बताए ।‘आर्टिफिसिएल इन्टिलिजेन्स’ (एआइ)ले दैनिक जीवनलाई परिवर्तन गरिरहेको भन्दै नेपाल यस मामलामा धेरै पछि परेको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । नेपालमा हरेक काम कागजी भएको र काम गर्ने तौरतरिका अत्यन्तै ढिलासुस्ती भएको भन्दै प्रविधिको प्रयोग गर्न जोड दिए।

‘मै केही काम गर्न थाले भने मेरो लालपूर्जा दश ठाउँ घुमाइन्छ,’ शर्माले भने, ‘अझै पनि हामी दोस्रो पुस्ताको प्रविधिभन्दा माथी जान सकेका छैनौं ।’ उनले काम गर्ने शैली परिवर्तन गरेर नयाँ प्रविधिको प्रयोग गर्दै औद्योगिक उत्पादन बढाउनतिर सरकारले पहल गर्न आग्रह गरे।

मुलुकमा विकास भएको पहिलो, दोस्रो र तेस्रो पुस्ताका औद्योगिक क्रान्ती नेपाल जस्ता अतिकम विकसित मुलुकले अनुभव नै गर्न नपाएकाले चौथो औद्योगिक क्रान्तीमा भने नेपालसँगै जान सक्ने वातावरण तयार गर्नु पर्ने अधिकरीले बताए । विश्वमा भएको पहिलो औद्योगिक क्रान्ती स्टिम इन्जिनको विकासलाई मानिएको छ । जुन अहिलेको गाडीको विकासको पहिलो रुप थियो।

त्यसैगरी, विद्युतको विकास र वृहम उत्पादनका लागि यसको प्रयोगलाई दोस्रो औद्योगिक क्रान्तीका रुपमा मानिन्छ । उत्पादन बढाउन स्वचालिन इलोक्ट्रोनिक्स र सञ्चार प्रविधिको प्रयोगलाई तेस्रो औद्योगिक क्रान्ती मानिन्छ । नेपालले औद्योगिक विकास गर्न यि तीनै प्रविधिलाई राम्रोसँग प्रयोग गर्न सकेन।

प्रकाशित: २१ चैत्र २०७४ ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App