७ वैशाख २०८१ शुक्रबार
अर्थ

चारजना बृजको ब्रान्डदूत

काठमाडौं– बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले बृज सुपर प्रिमियम ओपिसी सिमेन्टको बजार प्रवर्द्धनका लागि मिस नेपाल २०१७ निकिता चण्डक, विश्व अल्ट्रा धावक मिरा राई, विश्व साइकलयात्री पुष्कर शाहलाई र कीर्तिमानी आरोही कामीरिता शेर्पालाई ब्रान्डदूत बनाएको छ।

शेर्पा विश्व किर्तीमानका लागि यसै महिना सगरमाथा आरोहणको तयारीमा छन् । बृज सिमेन्ट इन्डस्ट्रिज आइएसओ ९००१ः२००८ बाट प्रमाणित रहेको र यसका उत्पादनहरु नेपाल गुणस्तर अनुसार रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

बृजले गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने कम्पनीका सिनियर मार्केटिङ एन्ड ब्रान्ड म्यानेजर अमित श्रेष्ठ बताउँछन् । बृजले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पिपिसी), साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पिएससी) उत्पादन गर्छ।कम्पनीले ओपिसीमा बृज सुपर प्रिमियम र शंकर शक्ति तथा पिपिसीमा बृज, जम्बो, लक्ष्मी, बृज गोल्ड, बृज सुपर किंग्स र स्मार्ट ब्रान्डमा उत्पादन गर्छ । यसको पिएससी ब्रान्ड बृज सुपर पावर हो।

कम्पनीले यसअघि फूटबल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेट टिम क्याप्टेन शरद भेसवाकर, म्यागासेसे पुरस्कार विजेता महावीर पुन र सन् २०१६ को मिस नेपाल अस्मी श्रेष्ठलाई ब्रान्डदूत बनाइसकेको छ।

 

प्रकाशित: २१ चैत्र २०७४ ००:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App