coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जबरजस्ती करणीका अधिकांश घटना चिनजानबाटै

जबरजस्ती करणी उद्योगको घटना न्युनिकरणका लागि ३ महिने रणनीतिक योजना बनाउन आयोजित पत्रकार सम्मेलन । तस्बिर : नागरिक

महोत्तरी– पछिल्लो समय जबरजस्ती करणीको अधिकांश घटनामा नजिककै चिनजानकै व्यक्तिहरुबाट बढी हुने गरेको निश्कर्ष महोत्तरीको सुरक्षा निकायको रहेको छ। 

जवरजस्ती करणीको घटना दिनानुदिन बढदै गएकोले यसको न्युनिकरणका लागि ३ महिने रणनितिक योजना बनाउनका लागि विगतमा घटेका जवरजस्ती करणीको घटनाहरुलाई नियालेर हेर्दा अधिकांश घटना नजिककै चिनजानको व्यक्तिबाट हुने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अभिलेख अनुसार तिन वर्षको अवधिमा जवरजस्ती करणीको १७ र जवरजस्ती करणी उद्योगको १६ वटा घटना भएको र ती मध्ये अधिकांशमा नजिककै व्यक्तिहरुको संलग्नता पाइएको एसपी कडायतले बताए। 

आर्थिक वर्ष २०७२/०७३ मा ज.ज.क. १० वटा र ज.ज.क.उद्योग ५ वटा, २०७३/०७४मा ज.ज.क.२ वटा  र ज.ज.क.उद्योग ४ वटा र २०७४/०७५ फागुन मसान्त सम्म ज.ज.क. ५ वटा र ज.ज.क.उद्योग ७ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको देखिन्छ। 

प्रदेश २ को आठ जिल्ला मध्ये महोत्तरीमा जवरजस्ती करणी र उद्योगको घटना कम रहे पनि यसको न्युनिकरणका लागि विभिन्न उपाय सहितको रननितिक योजना बनाउनु पर्ने आवश्यक देखिएको एसपी कडायतको भनाई छ। 

प्रदेश २ मा सबैभन्दा बढी सिरहा, सप्तरी र रौतहटमा जवरजस्ती करणी र उद्योगको घटना बढी भएको उनले बताए। 

महोत्तरीमा घटेका केही जवरजस्ती करणीको घटनाहरुमा चेतनाको अभाव, मानसिकता र वातावरणले ठुलोप्रभाव पार्दै आएको सुरक्षा निकायको ठहर रहेको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले जवरजस्ती करणी र उद्योगको  प्रवृति र प्रकृतिको विश्लेषण गर्दा कार्यविधिको आधारमा डर त्रास, धाक धम्की देखाई ललाई फकाई प्रेम बिवाहको बहाना बनाई धेरै घटना भएको निश्कर्ष निकालेको छ। 

यसैगरि स्थानको आधारमा जिल्लाको बर्दिवास र गौशाला बढी प्रभावित क्षेत्र रहेको, पेशाको आधारमा विद्यार्थी, कृषक, मजदुर बढी प्रभावित भएको, पीडितको शैक्षिक योग्यताको आधारमा माध्यमिक तहका विद्यार्थी बढी प्रभावित भएको र पीडक संगको चिनजानको आधारमा चिन जानेको आधारमा बढी मात्रा जवरजस्ती करणी र उद्योग जस्ता अपराधको घटना बढी भएको देखिन्छ। 

यसैगरि महिनाको आधारमा मंसिर, पुस माघ फाल्गुन महिनामा बढी यस्ता घटना हुने गरेको र यसमा लागु औषध र मादक पदार्थ सेवनले गर्दा पनि घटनामा वृद्धि भएको सुरक्षा निकायको ठहर रहेको छ। 

यसैबीच दिनानुदिन जिल्लामा जवरजस्ती करणीको घटना बढदै गएकोले यसका न्युनिकरणका लागि प्रहरीले सरोकार वाला विभिन्न निकायसंग हातेमालो गरेर तीन महिने रणनीतिक योजना निर्माण गरेर ¥यालि, पर्चा पम्पलेट, स्कुल सम्पर्क कार्यक्रम, रेडियो तथा एफएम मा प्रसारण, अन्तरक्रिया कार्यक्रम तथा डकुमेन्ट्री प्रदर्शन, सडक नाटक, स्थानीय तहमा अनुशिक्षण, कानूनी ज्ञान दिलाउने गतिविधिहरु संचालन गरिने एसपी कडायतले बताए।

प्रकाशित: २० चैत्र २०७४ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App