८ वैशाख २०८१ शनिबार
कला

रानी मुखर्जीको कमब्याक

मुम्बई– रानी मुखर्जी अभिनित ‘हिच्की’ले प्रदर्शनमा आएको ११ दिनपछि पनि उस्तै व्यापार गरिरहेको छ। यसलाई रानीको सफल कमब्याकको रुपमा हेरिएको छ। 

मार्च ३० मा टाइगर श्राफको बाघी २ प्रदर्शनमा आएपछि हिच्की ओरालो लाग्ने आंकलन गरिएपनि ब्यापारमा कुनै गिरावट नआएको भारतीय बक्स अफिसले जनाएको छ।

बक्स अफिसको रिपोर्टअनुसार रिलिज भएको एक सातापछि फिल्मले शुक्रबार २ करोड, आइतबार ३ करोड र सोमबार १ करोड कमाएको छ। 

कुल २० करोड खर्चमा निर्माण गरिएको हिच्कीको कुल कमाई ३५.६० करोड पुगेको छ।

फिल्ममा शिक्षिकाको भूमिकामा रहेकी रानी मुखर्जी बाहेक अन्य सामान्य कलाकार मात्रै छन्। यशराज ब्यानरद्वारा निर्मित हिच्कीलार्इ रानी मुखर्जीको कमब्याक फिल्मको रुपमा हेरिएको छ।

विहेपछि फिल्मबाट टाढा भएकी रानीले सन्तानलाई जन्म दिएर हिच्कीमार्फत बलिउडमा कमब्याक गरेकी हुन्।

प्रकाशित: २० चैत्र २०७४ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App