१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘ओलीले मोदीसँग हामी अब भारतको विरोध गर्दैनौं भन्नुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण कुनै नौलो विषय नभएको स्पष्ट पारेका छन्। ‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै छन्’, मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने।

डा. महतले प्रधानमन्त्रीको ओलीको भारत भ्रमण सफल होस् भन्ने आफूहरुको शुभकामना रहेको सुनाए। ‘हामीले उहाँको भ्रमण सफल होस भनेर चाहेका छौं, अहिले द्धिपक्षीय सम्बन्धमा कुनैपनि गतिरोध छैन्, सबै गतिरोध अन्त्य भैसकेका छन्’, उनको भनाई छ।

नेता महतले भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अब भारतको विरोध नगर्ने प्रतिबद्धता जनाउनसक्ने आशंका समेत गरे। ‘भ्रमणमा प्रधानमन्त्री ओलीले सत्तामा नहुँदा हामीले यस्तो बोलेको हो, अब सत्तामा आयौं। हामी अब विरुद्धमा बोल्दैनौं भनेर भन्नुहुन्छ होला।’ उनले नेपालले आफ्ना कुराहरु तर्कसंगत रुपमा राख्नुपर्नेमा जोड दिए। 

नेपालको भारतसँग व्यापार र पारवहन सन्धि सबैभन्दा धेरै रहेको र अधिकांश व्यापार पनि भारतसँगै रहेको जनाउँदै उनले भने– ‘अब हामीले यी सन्धि तथा सम्झौतालाई कार्यान्वयनमा प्रम ओलीले जोड दिनुपर्छ, चाँडोभन्दा चाँडो भएका सम्झौतालाई कार्यान्वयनतर्फ केन्द्रित गर्नुपर्छ।’

प्रकाशित: २० चैत्र २०७४ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App