coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सार्क र विमस्टेक शिखर सम्मेलनबारे प्रधानमन्त्रीले छलफल गर्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक र सार्क शिखर सम्मेलनबारे भारत भ्रमणको क्रममा छलफल गर्ने बताएका छन्। संसदलाई आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सार्क शिखर सम्मेलन गर्ने अवस्थामा पुगेर रोकिएको बताउँदै यी फोरमहरु वार्ता र तनाव समाधानका फोरम हुन सक्ने बताए। यस्ता संस्थाहरुको भविष्य खतरामा पर्न दिनु हुँदैन भन्ने मान्यता रहेको उनले बताए। विविआइएनबारे पनि चारै देशलाई फाइदा हुने गरि कुरा गर्ने प्रधानमन्त्रीको भनाई थियो।

आफ्ना कुराहरु न्यायोचित हिसावबाट राख्नु कुनै अर्घेलाई नहुने उनको भनाई थियो। ‘कुनै समय १९५० को सन्धिबारे उच्चारण गर्नु पनि पाप हो भन्ने जस्तो थियो,’ उनले भने, ‘तर अहिले दुई देशबीच प्रवुद्ध समूह बनेर काम भइरहेको छ।‘

छिमेक नीतिको एकमात्र प्रस्थान विन्दु मित्रता भएको बताएका छन्। प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनका आधार, संयुक्त राष्ट्रसंको वडापत्रको आधारमा र पारस्परिक सहयोगका आधारमा मित्रता हुने उनको भनाई थियो।

उनले दुवै छिमेकी (चीन र भारत) सँग राम्रो सम्वन्ध रहेको बताए। प्रधानमन्त्री ओली चैत्र २३ देखि २५ गतेसम्म भारत भ्रमणमा जाँदैछन्। भ्रमणको क्रममा हाम्रो हितहरुलाई न्यायोचित हिसावमा राख्ने उनले बताए।

आफ्ना कुराहरु न्यायोचित हिसावबाट राख्नु कुनै अर्घेलाई नहुने उनको भनाई थियो। ‘कुनै समय १९५० को सन्धिबारे उच्चारण गर्नु पनि पाप हो भन्ने जस्तो थियो,’ उनले भने, ‘तर अहिले दुई देशबीच प्रवुद्ध समूह बनेर काम भइरहेको छ।‘

नेपाल भारत सम्वन्धलाई कसरी मजवुत बनाउन सकिन्छ भन्नेमा आफ्नो प्रयास रहने उनले बताए। ‘भ्रमणको क्रममा हामीले कतिवटा सम्झौता भए भनेर गणना गर्छौं। यस अघिको भ्रमणमा पनि मैले सम्झौतामा जोड दिएको थिइन तर जे गरे ति दुरगामी थिए’, ओलीले भने।

अहिलेको भ्रमण पनि सम्झौता थप्न केन्द्रीत नहुने उनको भनाई थियो। ‘अहिले पनि सम्झौता थप्ने होइन भएका सम्झौतालाई कसरी कार्यान्वयन गर्ने र दुई पक्षले फाइदा कसरी लिने भन्नेमा केन्द्रीत हुने छु’, उनले भने।

भ्रमणमा कृषिको विस्तार, जलमार्गबारे पनि कुरा हुने बताए। जलमार्गबाट हामीले सामान ल्याउन सक्ने उनको भनाई थियो। उर्जाको क्षेत्रमा थुप्रै सम्भावना भएको उनले बताए। उर्जा उत्पादन र व्यापारमा सम्भावना रहेको ओलीले बताए।

नेपालको व्यापार घाटा बढी भएको बताउँदै प्रधानमन्त्रीले त्यसलाई कसरी सन्तुलनतर्फ ल्याउने भन्नेमा छलफल हुने उनले बताए। पन्चेश्वर आयोजनालाई प्रभावकारी ढंगबाट अगाडि बढाउने सम्वन्धमा प्रयास हुने उनले बताए।

भारतबाट सहुलियतपूर्ण ऋण लिन सक्ने र त्यसको उपयोग गर्नेबारे सकारात्मक भएको प्रधानमन्त्रीले बताए। नेपाल प्रवेश गर्ने थप हवाई विन्दु, पारवाहनलाई सहज गर्न थप प्रयास, दार्चुला लगायत महाकालीमा पुल निर्माणलाई तिब्रता दिने बारे, नोटवन्दीमा नेपालीलाई सटहि समस्या परेको बारेमा पनि छलफल गर्ने संसदलाई जानकारी गराए।

मानव तस्करी र आतंकवाद नियन्त्रणका कुराहरुमा पनि भ्रमण केन्द्रीत हुने बताउँदै ओलीले भारतका जायज चासोहरुमा ध्यान दिने बताए।

प्रकाशित: २० चैत्र २०७४ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App