coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अर्थमन्त्री ज्यू! श्वेतपत्र अली बढी नकारात्मक भयो कि ?

काठमाडौं- सांसदहरुले सरकारले जारी गरेको श्वेतपत्र अली बढी नकारात्मक भएको टिप्पणी गरेका छन्। मंगलबार संसद बैठकमा बोल्दै प्रमुख विपक्षी दल कांग्रेसका सांसद मिनेन्द्र रिजालले श्वेतपत्रले दोष थोपर्ने काम गरेको बताए। विशेष समयमा बोल्दै रिजालले सबै अरुले विगारिदिएको अवस्थामा आफु सम्हाल्न आएको जसरी श्वेतपत्र जारी भएको बताए।

श्वेत्रपत्रमा अर्थतन्त्र त्रासदीपूर्ण अवस्थामा रहेको देखाउन खोजिएको बताउँदै रिजालले यो गलत भएको बताए। अर्थतन्त्रको अवस्था श्वेतपत्रमा उल्लेख भएको जस्तो नभएको उनको भनाई थियो। अर्थतन्त्रमा कमजोरी भए पनि सरकारी ढुकुटी रित्तो नभएको उनको भनाई थियो।

सत्तारुढ नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले श्वेतपत्र अलि बढी नकारात्मक भएको बताइन्। ‘देश असफल राष्ट्रतर्फ उन्मुख हो कि भन्ने देखाउन खोजिएको छ’, उनले भनिन्, ‘श्वेतपत्रमा समाधानका पाटा पनि देखाउन पर्थ्यो, त्यो नहुनु गलत छ। नकारात्मक पाटामात्र देखाएर निराशा देखाउन खोजिएको उनको भनाई थियो।

राजपाका सांसद अनिल झाले अर्थतन्त्रका नकारात्मक पाटा समाधानका उपाय श्वेतपत्रमा नआएको बताए। यो पढेपछि समृद्धिको यात्रामा कसरी जाने भन्ने चिन्ता आउने उनको भनाई छ।

प्रकाशित: २० चैत्र २०७४ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App