coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

यौन क्षमता बढाउन यसाे गर्नुस्

तुलसी  
तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौन हार्मोनको उत्सर्जन बढ्छ ।
 
खरबुजा
खरबुजामा सिटुलाइन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र पार्छ । यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ । जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ ।
 
एभोकाडो

एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा सेक्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छ ।
 
लसुन

लसुनमा एलिसिन नामक तŒव पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।
 
कालो चकलेट

कालो चकलेटमा फेनेथाइलामाइन पाइन्छ, जसलाई ‘लभ केमिकल’ पनि भनिन्छ । यसले डोपामाइन र अनन्डामाइडजस्ता न्युरोट्रान्समिटरलाई दिमागमा रिलिज गराउने गर्छ । यिनले व्यक्तिलाई यौन र प्रेम दुवैमा समर्पित हुन प्रेरित गर्छन् ।
 
बदाम
बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।
 
कुरिलो

कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछ ।
 
केरा
केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन् ।
 
अण्डा

अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।
 
रातो खुर्सानी
रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तŒव शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौन जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ ।
 
फर्सीको बियाँ

फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन् । यसले यौन जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।
 
अदुवा
अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।

शुक्रबारबाट

प्रकाशित: ८ भाद्र २०७३ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App