coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तीन मोटरसाइकलसहित कपडा बरामद

रौतहट – बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।

भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौटहटको सीमा भएर ल्याइँदै गरेको तन्ना, साडी, कुर्तासलवार, धोतीलगायत कपडा आज बिहान ४.३० बजे रौतहटको सशस्त्र आधार शिविर शहरमुज्वाले बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोख्रेलको नेतृत्वमा गएको प्रहरीगस्ती टोलीले रौतहट, मौलापुर नगरपालिका– ८ सोनरनिया टोल नजिकैबाट बीआर जिरो ५ एम २०३०, बीआर जिरो ५ एम ३१२७ र बीआर २ एम १७५ नंको भारतीय मोटरसाइलसहित पक्राउ परेका कपडा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आजै गौर भन्सारमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पोख्रेलले बताए।

सीमापारिबाट भारतीय मालसमान नेपाल भित्र्याउन बाराका कर्चोवा, सिम्रौगढ, बेलदारी, मुसहर्वा, मटिअर्वा, कवहीगोठलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न निर्देशन दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित: २० चैत्र २०७४ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App