coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

वाल्मीकि क्याम्पसमा सुधारको माग

काठमाडौँ - नेपालमा कर्मकाण्ड र पूजापाठको शिक्षा दिने उद्देश्यले राणाकालमा स्थापित तीनधारा पाठशाला वाल्मीकि क्याम्पसमा व्यवस्थापनको कमजोरीका कारण विद्यार्थीको आकर्षण घट्दै गएको छ।

संस्कृत भाषाका अतिरिक्त बौद्धदर्शन, अंग्रेजी, गणित, अर्थशास्त्र, तन्त्रमन्त्र आदि गरी कूल २१ विषयमा पढाइ हुने त्यस क्याम्पसमा पढ्न आउने विद्यार्थी सङ्ख्या घटेर हाल ८१० छात्रछात्रा पुगेकाे छ। शिक्षक र कर्मचारी भर्ना गर्ने चलन बढ्दै गएका कारण त्यहाँ पढ्ने विद्यार्थी र शिक्षकको संख्या उस्तै उस्तै हुने गरेको एक पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले बताए।

उनीहरुका अनुसार संस्कृत विश्वविद्यालयको सम्बन्धन प्राप्त देशभरिका १९ क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या तीन हजार ७०० तथा शिक्षकको संख्या एक हजार २०० नाघेको छ । अनेरास्ववियुक्रान्तिकारीवाल्मीकि क्याम्पसका अध्यक्ष आइपी आचार्य भन्छन्,“नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक अवस्था निकै खस्केको छ ।

यसबाट आम विद्यार्थी निकै चिन्तित छन्”, उनी भन्छन्,“ वाल्मीकि क्याम्पसमा २२ वर्ष पुरानो पाठ्यक्रममा आधारित पाठ पढाइन्छ । यो एकदमै दयनीय व्यवस्थापन हो ।”

उत्तरमध्यमा, शास्त्री तथा आचार्य तहको पढाइ हुने त्यस क्याम्पसमा वार्षिक रु ५७ करोडको लगानी हुने गरिएको छ । क्याम्पस हाताभित्र रहेको १५ सटरबाट करोडौँ रुपैयाँ भाडा उठ्ने गरेको छ । क्याम्पस व्यवस्थापनले भूकम्पबाट क्षतिग्रस्त भवनको जीर्णोद्धार, शौचालयको राम्रो व्यवस्थाजस्ता आधारभूत सुधार गर्नेतर्फ ध्यान नदिएको आरोप अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीका अध्यक्ष लोककृष्ण दाहाल लगाउँछन्।रासस

प्रकाशित: २० चैत्र २०७४ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App