८ वैशाख २०८१ शनिबार
समाज

पोषणका विषयमा जनप्रतिनिधिलाई जानकारी

पोषण सम्बन्धी कार्यक्रममा सहभागी जनप्रतिनिधि । तस्बिरः नागरिक

खोटाङ – खाद्यमा आधारित पारिवारिक पोषण सुधारका लागि खोटाङका १० वडाका जनप्रतिनिधिलाई पोषणका विषयमा जानकारी दिइएको छ। हरेक सर्वसाधारणको घर वरिपरी अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्दै पारिवारिक पोषणमा सुधार ल्याउने वातावरण निर्माणका लागि एक नगरपालिका र पाँच गाउँपालिकाका १० वडाका जनप्रतिनिधिलाई पोषणको विषयमा जानकारी गराइएको हो।

कुपोषणबाट बच्नका लागि आफ्नै घर आसपासमा बिभिन्न प्रजातीका तरकारी एवं सागसब्जी उत्पादन सम्बन्धी निती नियम निर्माण गरेर कार्यान्वयनमा ल्याउनका लागि होम गार्डेन परियोजना सञ्चालन भइरहेका वडाका जनप्रतिनिधिलाई पारिवारिक पोषणका विषयमा जानकारी दिइएको घर बगैंचा परियोजना (लि–बर्ड)का तालिम अधिकृत शम्भू बस्नेतले बताए।

सोमबार दिक्तेलस्थित होटल थ्रीब्रर्दमा आयोजित कार्यक्रममा जनप्रतिनिधिलाई पोषकतत्वको आपुर्तीको तौर तरिका, घर बगैचा, कुपोषणको अवस्था, पारिवारिक पोषणमा घर बगैचाको योगदान लगायतका विषयमा जानकारी दिइएको छ।

पोषणमा सुधार ल्याउनका लागि जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र लफ्याङ, रावाबेँसी गाउँपालिकाको हौंचुर, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क र माक्पा, खोटेहाङ गाउँपालिकाको चिप्रिङ, बड्कादियाले र इन्द्रेणीपोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको टेम्मा तथा साकेला गाउँपालिकाको मात्तिममा घर बगैंचा कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: २० चैत्र २०७४ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App