coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महेन्द्रनगरद्वारा धनगढीसामु १३२ रनको लक्ष्य प्रस्तुत, भण्डारीले लिए ४ विकेट

धनगढी – धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटमाको आजको एक मात्र खेलमा महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीबीच प्रतिस्पर्धा भइरहेको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनायो।

महेन्द्रनगरका लागि पुनित मेहराले सर्वाधिक ४० रन बनाए। उनले ४० बलमा ४ चौंका र २ छक्काको मद्दतमा ४० रन प्रहार गरे। त्यस्तै भुवन कार्कीले ३२, पुनित बिष्टले २४ र बिनोद भण्डारीले ११ रन बनाएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन। 

महेन्द्रनगरलाई १३१ रनमा समेटन धनगढीका लागि ललित भण्डारीले ४, तथा सोमपाल कामी र सम्शेद शेखले एक–एक विकेट लिए। महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी र टिम चौराह धनगढीकाे कप्तान सोमपाल कामी हुन्।

पहिलो खेलमा काठमाडौंसँग पराजित भएको धनगढीले दोस्रो खेलमा भने सिवाईसी अत्तरियालाई पराजित गरेको थियो। यता महेन्द्रनगर युनाइटेडले आज दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा महेन्द्रनगरले विराटनगर किङ्सलाई हराएको थियो।

प्रकाशित: २० चैत्र २०७४ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App