८ वैशाख २०८१ शनिबार
कला

दोस्रो नआउँदै तेस्रो ‘जुरासिक’

लसएञ्जल्स– पहिलो संस्करणको फिल्म ‘जुरासिक वल्र्ड’को दोस्रो संस्करण ‘जुरासिक वल्र्ड फलन किंगडम’ रिलिज नहुँदै यसको तेस्रो फ्रेञ्चाइजीको घोषणा गरिएको छ । फिल्मको निर्देशनका लागि कोलिन ट्रेवोरोको नाम पनि फाइनल गरिएको छ । फिल्मका निर्माता स्टिवन स्पिलवर्गले यो कुराको पुष्टि गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्टिवनको भनाइ उदृत गर्दै ट्रेवोरोले नै ‘जुरासिक वल्र्ड’को तेस्रो फ्रेञ्चाइजीको कथा पनि लेख्ने बताएका छन् । ‘तेस्रो फ्रेञ्चाइजीमा डाइनोसर अझ खतरनाक रुपमा प्रस्तुत हुनेछ । यसका लागि नयाँ रोमाञ्चक आवाजको खोजी भइरहेको छ । यो आवाज र डाइनोसरमा गरिने नयाँ प्रयोगले फिल्मलाई नयाँ स्वाद दिनेछ,’ स्टिवनले भनेका छन्।

सन् २०१५ मा रिलिज भएको ‘जुरासिक वल्र्ड’ले हलिउड बक्स अफिसमा सानदार कमाइ गरेको थियो । यो फिल्मले त्यसबेला १ दशमलब ६ अर्ब डलरको कमाई गरेको थियो । यो फिल्ममा बलिउड कलाकार इरफान खानले पनि राम्रो भूमिकामा अभिनय गरेका थिए । यो फिल्मलाई कोलिन ट्रेवोरोले नै निर्देशन गरेका थिए।

यो फिल्मको सिक्वेल अर्थात दोस्रो फ्रेञ्चाइजी २०१८ मा रिलिज हुँदैछ । यो फिल्मलाई जेए बेयोनाले निर्देशन गरेका छन् । फिल्ममा जेफ गोल्डब्लम, ब्राइस डलास होवर्ड, क्रिस प्रैट र इयान मैलकम प्रमुख भूमिकामा छन् । फिल्म आगामी जुन २२ मा रिलिज हुनेछ । युनिभर्सल र स्टेभन स्पिलवर्गले तेस्रो फ्रेञ्चाइजीलाई सन् २०२१ को जुन ११ मा रिलिज गर्ने तयारी गरेको छ।
 

प्रकाशित: २० चैत्र २०७४ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App