coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

धरानमा प्रोजेक्ट वानको कन्सर्ट

काठमाडौं  – धरान र नेपालका चर्चित व्यान्डका सदस्यहरुलाई अनुबन्धित गरि  सञ्चालनमा ल्याइएको  नयाँ व्यान्ड ‘प्रोजेक्ट वान’ले आगामी वैसाख ८ गते धरानको पब्लिक स्कुलको मैदानमा  ‘फेरि उठ्नेछ नेपाल’ शीर्षकमा  कन्सर्ट आयोजना गर्ने भएको छ ।

उक्त ब्यान्डमा मुक्ति एन्ड रिभाइभल, रविन एन्ड द न्यू रिभ्योलुसन, द स्याडोज नेपाल र अनुप्रस्थ लगायतका अहिलेका चर्चित रक ब्यान्डहरु  आबद्ध छन्।

यो व्यान्डले गएको  माघ १३ गते बुटवलमा पहिलो  भव्य कन्सर्ट आयोजना गरिसकेको छ भने आगामी चैत १३ गते चितवनमा कार्यकर्म आयोजना गर्दैछ  ।  आगामी वैसाख ८ गते धरानमा हुने कन्सर्ट व्यान्डको तेस्रो कन्सर्ट हुने स्थानीय इभेन्ट म्यानेजमेन्ट सम्हालिरहेका  दीपेन्द्रराज शाक्यले बताए  ।  धराने दर्शकहरूले अहिलेसम्मकै भिन्न सांगीतिक माहौलमा कन्सर्टको मज्जा लिन सक्न शाक्यले बताए।

ब्यान्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्यान्डको गायन समूहमा मुक्ति एन्ड रिभाइभलका मुक्ति शाक्य, रविन एन्ड द न्यू रिभोल्युसनको रविन तामाङ, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनुप्रस्थका निरन शाही छन् । व्यान्डले भर्खरै मात्र ‘आउ हामी साथी  हामी फेरी उठ्नेछौ’ बोलको गीतको भिडियो रिलिज गरेको छ । पोजिटिभ भाइब्सका प्रबन्ध निर्देशक विकेश कायस्थले नेपालमै पहिलोपल्ट  चर्चित व्यान्डका मुख्य सदस्यहरू एउटै व्यान्डमा रहेर कार्यक्रम गरिरहेको बताए।

‘सम्पूर्ण आम नेपालीहरू एकताबद्ध भएर मिलेर बसौ’  भन्ने संदेश छर्न यसरी चर्चित व्यान्डहरूलाई एउटै व्यान्डमा सहभागी गरेर नेपालभर कन्सर्ट आयोजना गरिएको कायस्थले बताए ।‘फेरी उठ्नेछ नेपाल’को यो कन्सर्टमा व्यान्डले ‘फेरी उठ्नेछ नेपाल’सहित नयाँ एल्बमका गीत संगै आफ्ना पुराना चर्चित गीत दर्शकमाझ प्रस्तुत गर्नेछ।

व्यान्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्यान्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, बेस गितारमा  मुक्ति एन्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन्।

 

प्रकाशित: २० चैत्र २०७४ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App