८ वैशाख २०८१ शनिबार
राजनीति

अवरोध हुने डरले रामेछाप गएनन् रक्षामन्त्री

रामेछाप – सरकारमा सहभागी मुख्य दल माओवादी केन्द्रका कार्यकर्ताबाट अवरोध हुने भएपछि नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेल सोमबार रामेछापको एक कार्यक्रममा जान सकेनन्। रक्षामन्त्री पोखरेलको गणेश–उज्जन–भुवन स्मृति प्रतिष्ठानको सहयोगमा लिखु तामाकोसी गाउँपालिका– २ सैपुमा निर्माण भएको अरुणोदय माध्यमिक विद्यालयको १२ कोठे विद्यालय भवन तथा सरस्वती मन्दिरको उद्घाटन र स्वर्गीय गणेशकुमार श्रेष्ठ र उज्जन कुमार श्रेष्ठको शालिक अनावरण गर्न प्रमुख अतिथि बनेर आउने कार्यक्रम तय भएको थियो। तर कार्यक्रममा अवरोध हुने हल्ला जिल्लाभरि व्यापक भएपछि उक्त कार्यक्रम नै स्थगित भएको हो। सशस्त्र द्वन्द्वका बेला हत्या गरिएका उज्जन श्रेष्ठको हत्या आरोपमा माओवादीका नेता बालकृष्ण ढुंगेल अहिले जेलमा रहेका छन्।

हत्या गरिएको श्रेष्ठको शब नै फेला नपरेका परिवारले बताइरहको अवस्थामा हत्याको आरोपमा आफ्ना नेतालाई थुनेकोमा माओवादीले बिरोध गर्दै आएका थिए। तर प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले सुरक्षा चुनौति देखिएर नभई रक्षामन्त्रीको कार्य व्यस्ततका कारण अनुकूल नमिलेकाले कार्यक्रम स्थगित भएको बताए। यता रक्षामन्त्रीको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने तयरीमा रहेको अवस्थामा रक्षामन्त्री नआएपछि गणेश–उज्जन–भुवन स्मृति प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठलाई प्रमुख अतिथि बनाएर कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले बताए।

प्रकाशित: २० चैत्र २०७४ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App