coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाली जुतामा उपभोक्ताको आकर्षण

काठमाडौं – फुटवेयर बिजनेस एक्स्पो–२०७४ माअवलोकनकर्ताको भीड लागेको छ । काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनअफ नेपालको आयोजना र नेपाली जुत्ता घरको सहआयोजनामा सुरु भएको मेला २८ गतेसम्म चल्ने छ।

स्वदेशी नेपाली छाला जुत्ताप्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकको भनाइ छ । स्वदेशी वस्तुको उत्पादन तथा प्रयोगमा ल्याउन मेलाले सहयोगी भूमिका खेल्ने  फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनअफ नेपालका अध्यक्ष रविन श्रेष्ठले बताए।
 
नेपाली बजार स्वदेशी जुत्ताले करिब ६० प्रतिशत ओगटेको छ । मेलामा२५ ब्रान्डका जुता चप्पल राखिएका छन् । ७५ वटा स्टल रहने मेलामा पाँच करोडको व्यापार हुने आयोजकको अपेक्षा छ । नेपाली बजारमा वार्षिक सात करोड जुता खपत हुने गरेका छन भने ३५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने आयोजकले जनाएको छ । मेलामा एक सयदेखि १२हजारसम्मको जुत्ता बिक्रीका लागि राखिएको छ । मेलाका सन्दर्भमा जुत्ता  व्यवसायीसँग नागरिकले गरेको कुराकानीको सम्पादित अंशः

फरक ढंगको मेला
रविनकुमार श्रेष्ठ
अध्यक्ष, फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनअफ नेपाल
प्रबन्धनिर्देशक, कोसेलीजुत्ता
पहिले भृकुटीमण्डपमा बाह्रै महिनाजुत्ता मेला लाग्ने गरेको थियो । अहिले यस्ता मेला बन्द भएका छन् । यसकारण हामी एउटै छानामुनि यति ठूलो फुटवेयर बिजनेस मेला आयोजना गरिरहेका छौं।

यो वर्षदेखि फरक ढंगले जुत्ताव्यापार मेला थालनी भएको छ । अब हरेक वर्षको पुसमा औद्योगिक प्रदर्शनी र अन्तिमम हिना चैतमा फुटवेयर बिजनेस एक्स्पो हुने छ । एउटै छानामुनि हरेक ब्रान्डलाई स्थापित गराउने गरी मेला गर्नु उपलब्धिका रुपमालिएकाछौं ।
यो मेलाले स्टक क्लियरेन्स पनि गर्छ । जस्ले व्यवसायी र उपभोक्ता बीच थप सम्बन्धविस्तार गर्छ । मेलामाकतिकारोबार हुन्छ भन्दापनि मेलालाई स्थापित गराउनु पहिलो सफलता मान्नुपर्छ।

नेपाली ब्रान्डको प्रवर्द्धन
होमनाथ उपाध्यय
अध्यक्ष, नेपालीजुत्ता घर  
विगतमासात–आठजना मिलेर भृकुटीमण्डपमा मेलागर्ने गरेको थियो । वास्तव मात्यो मेला उपभोक्ताको इच्छाअनुसार थिएन । व्यवसायीमुखी मेला भएको थियो। तर, अहिले नेपालकै इतिहासमा जुत्ता चप्पल व्यवसायीले एउटै छानामुनि मेला आयोजना गरिरहेको छ।

उद्यमीलाई एकै ठाउँमा उभ्याएर मेला आयोजना गर्नु सफलता मान्नुपर्छ । उपभोक्ताले आफूले रुचाए अनुसारको जुत्ता चप्पल किन्न सक्ने वातावरण बनेको छ । सस्तो मूल्यमा जुत्ता पाउनु भनेको उपभोक्ताका लागि गर्व हो । मेलाले नेपाली ब्रान्डको प्रवर्‍द्धन गर्ने गर्ने हो । मेलामाविशेष अफरसमेत रहेका छन्।

नेपाली बजारमा रहेको बिएफ बियर हिलसुजले बलियो जुत्ताको ब्रान्ड बनाइसकेको छ । हामीले बाख्राको छालाबाट जुत्ता उत्पादन गर्ने गरेका छौं । बिएफ बियरहिल सुज १८ वर्षदेखि जुत्ता उत्पादनमा क्रियाशील छ । कम्पनीमा अहिले एक सय जना कर्मचारी कार्यरत छन् ।

नेपालीका लागि गौरवको विषय
रुद्र न्यौपाने
प्रबन्धनिर्देशक, रन सुज
नेपालीजुत्ताको अवस्थाबाँसबारीमामात्रै फर्केर हेर्ने होइन । अहिले नेपालमा यस्तै ७८ वटा सोरुम तथा उद्योगहरु रहेका छन् । नेपालमानै बनेका सबै किसिमका जुत्ता मेलामा राखेकाछौं ।
हामीले मल्टिनेसनल ब्रान्डको जुत्ताभन्दा नेपाली ब्रान्ड लगाउनु गौरवको विषयहो । नेपालीको हरेक खुट्टामा नेपाली जुत्ता लगाउने प्रवृतिको विकास गराउने हाम्रो अभियान हो।

यो मेला एकजनाले मात्रै सम्भव हुँदैन । सबै व्यवसायीको सहकार्यमा सफल हुने हो । यहाँ सबै वर्ग र क्षेत्रका सर्वसाधारणका लागि जुत्ता चप्पल पाइन्छन् । गुणस्तरीय हुनुका साथै प्रविधिमैत्री जुत्ता उत्पादनमा व्यवसायी लागेको मेलाले प्रमाणित गरेको छ।

पछिल्लो समय रेसाजन्य जुत्ताचप्पल हुँदै अल्लोको समेत जुत्ता उत्पादन हुन थालेको छ । यसले नेपाली जुत्ताको व्यापारलाई थप विकसित गर्दै लगेको छ । यहाँबच्चा, विद्यार्थी, युवा, सेलिब्रेटी, प्रौढ, वयस्कका लागि उपयुक्त हुने जुत्ता चप्पल सस्तो दाममा राखेका छौं ।
मेरो कम्पनी रन सुज भनेको कालो जुत्तालाई चिर्नका लागि नयाँ ब्रान्ड हो । नेपाली ब्रान्ड उत्पादन अफिसियल जुत्तामात्रै होइन । सबै कलर क्वालिटीका लागिरन सुज हो । फेसनअनुसारको उत्पादन छ । युवा पुस्तालाई लक्षित गरेर रन सुजले आफ्ना उत्पादन गरिरहेको छ ।

 

प्रकाशित: २० चैत्र २०७४ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App