८ वैशाख २०८१ शनिबार
अर्थ

शिखर–एभरेस्ट सम्झौता

काठमाडौं– शिखर इन्स्योरेन्स कम्पनी र एभरेस्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई कम्पनीबीच सम्झौता भएको हो।

सम्झौतासँगै शिखर र एभरेस्टका सम्पूर्ण कार्यालयबाट निर्जीवन बिमा सेवा प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ । सम्झौताले एभरेस्ट बैंकले मुलुकभरका ८० भन्दा बढी शाखामार्फत ग्राहकले सरलरुपमा बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानीको साथमा सम्पूर्ण प्रकारको निर्जीवन बिमा सेवा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

चालु आवको दोस्रो त्रैमासिकसम्म शिखर इन्स्योरेन्सले ५१ करोड रुपैयाँको दाबी भुक्तानी गरेको विज्ञप्तिमा उल्लेख छ । बिमा शुल्क संकलन, दाबी भुक्तानी तथा शाखा विस्तारमा शिखर अग्रणी स्थानमा रहँदै आएको छ।
 

प्रकाशित: २० चैत्र २०७४ ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App