८ वैशाख २०८१ शनिबार
अर्थ

घरबिदामा आएका विपिन दाहाललाई यामाहाको झट्का

काठमाडौं– इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो। मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए।

ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आए थिए । पुरानो मोटरसाइकल बेचेर नयाँ किन्ने निधो गरे।‘यामाहाको मोटरसाइकल किन्ने निर्णय पहिले नै गरेको थिएँ । बारम्बार बिदा लिन अप्ठेरो हुने भएकाले मैले साथीभाइको सल्लाहमा घर आएकै बेला मोटरसाइकल किन्ने विचार गरेँ,’ उनी भन्छन्, ‘तर आज अचम्म भयो । मलाई त विश्वासै लागिरहेको छैन।’

इटहरीस्थित यामाहाको सोरुम तिरुपति अटो सिटीबाट यामाहा एफजिएस एफआई खरिद गरेका उनलाई नयाँ वर्षको योजना छ भन्ने थाहा भएको तर के पर्छ भन्ने थाहा थिएन । सोरुमबाट पाएको स्क्र्याच बुकको अन्तिम स्क्र्याचबाट उनी जिल्ल परे, त्यहाँ ‘१०० प्रतिशत क्यासब्याक’ लेखिएको थियो।

पहिलो स्क्र्याचमा पाँच हजार डिस्काउन्ट पाएका उनले दोस्रोमा पफ्र्युम, तेस्रोमा कम र चौथोमा एयरफिल्टर उपहार स्वरुप पाए । पाँचौं तथा अन्तिम स्क्र्याचले उनको जीवनमा बहार नै ल्याइदियो । मोटरसाइकल किन्न पूराका पूरा पैसा लिएका गएका उनले निःशुल्क मोटरसाइकल घर लान पाउने भए । उनले सोमबार नै गाउँघरमा खुसी बाँडिसकेका छन् । भन्छन्, ‘भोलि नै अफिस जान्छु र त्यहाँ पनि सबैलाई खुसीको खबर सुनाउँछु।’

यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछ जसमा पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ हुनेछ।

यो योजनामा अझै धेरै उपहार र ‘१०० क्यास क्यासब्याक’ बाँकी नै रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यामाहाको स्क्र्याच बुकमा पाँचवटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछ । ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्री सर्भिसिङ र अन्य उपहार पाउनेछन् । यामाहाको नयाँ वर्ष योजना आगामी वैशाख ३१ गतेसम्म चल्नेछ।

प्रकाशित: २० चैत्र २०७४ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App