प्रधानमन्त्री कार्यालयमा ११ महाशाखा

सोमबार, १९ चैत २०७४, २१ : २३ नागरिक

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दर्जन महाशाखा हुने भएको छ। 

यसअघि ६ महाशाखा रहेकामा अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिए। उनका अनुसार सबै मन्त्रालयको सांगठनिक पुनःसंरचना गरिएसँगै मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना गरिएको र सबै महाशाखाको नेतृत्व सहसचिवले गर्ने भएका छन्। 

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको २१ मन्त्रालयको सांगठनिक पुनःसंरचना स्वीकृत गरेको थियो। नयाँ महाशाखामा मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय, सामाजिक विकास तथा रुपान्तरण, राष्ट्रिय सुरक्षा तथा कूटनीतिक, पारदर्शी समन्वय तथा योजना, नतिजा व्यवस्थापन तथा सुशासन, सामाजिक सुधार, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा छन्। यसैगरी कानून तथा फैसला कार्यान्वयन, मानवाधिकर तथा अन्तर्राष्ट्रिय सम्बन्धन र आर्थिक तथा पूर्वाधार महाशाखालगायत छन्। नयाँ महाशाखाबाट छिट्टै काम सञ्चालन हुनेछ। रासस








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad