coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

थ्रीस्टारले उचाल्यो मदन भण्डारी गोल्डकपको उपाधि

बुटवल– बुटवलमा सम्पन्न मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौंले जितेको छ। सोमबार भएको फाइनलमा थ्रीस्टारले मनाङ मर्स्याङ्गीलाई २–१ पराजित गर्दै उपाधि उचालेको हो। बुटवल १२ रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा भएको फाइनलमा थ्री स्टारका अनन्त तामाङ र मार्टिनले १÷१ गोल गर्दै क्लबलाई उपाधि दिलाए। 

खेल सुरु भएको दुई मिनेट बित्न नपाउँदै मनाङका बिमल रानाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। रानाले सुजलको पासलाई गोलपोष्ट नजिकैबाट जाली चुमाएका थिए। त्यसपछिका धेरैवटा अवसर मनाङले सदुपयोग गर्न सकेन। सुरुदेखि नै निकै प्रतिस्पर्धात्मक भएको खेलमा थ्री स्टारका खेलाडीहरु दोस्रो हाफपछि भने निकै आक्रामक देखिए। दोस्रो हाफको २३ औं मिनेटमा थ्री स्टारका अनन्त तामाङ्गले सुन्दर गोल गर्दै टिमलाई बराबरीमा पुर्याए। तामाङ्गले पिटरको पासलाई बिपक्षीका खेलाडीबाट जोगाउँदै लगेर कर्नर तिरबाट हानेको बलले जाली चुमेको थियो। दोस्रो हाफको ३६ औं मिनेटमा थ्रीस्टारका पिटरले अर्को गोल थपे। उनको त्यही गोल निर्णायक बन्यो। 

जितसँगै थ्रीस्टारले १५ लाख नगदसहित कप मेडल प्राप्त गरेको छ। सोमबारै एक कार्यक्रमकाबीच ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाइ पुरस्कार प्रदान गरे।

प्रतियोगितामा मनाङले ७ लाख ५० हजार नगद र कप मेडलमा चित्त बुझायो। 

मनाङका सुजल श्रेष्ठ, र डोना थापाले पहेलो कार्ड पाए। थ्रीस्टारका विजय धिमाल, विजय चेम्जोङ्ग, विमल घर्तीमगर, पिटरले पनि पहेलो कार्ड पाए। 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मनाङका अञ्जन विष्ट भए। उनले  नगद ५० हजारसहित कप मेडल प्राप्त गरे। त्यस्तै सोमबारको खेलमा थ्री स्टारका अनन्त तामाङ म्यान आफ द म्याच भए। उनले १० हजार पुरस्कार पाए। खेलमा उत्कृष्ट गोलकिप्पर आयोजक मदन भण्डारीका बिनायक श्रेष्ठ भए। उत्कृष्ट डिफेन्डर थ्री स्टारका पिटर, उत्कृष्ट मिडफिल्डर थ्री स्टारकै निराजन खड्का भए। बेष्ट फरवाड थ्री स्टारका मार्टिन भए। प्रतियोगितामा ४ गोल गर्ने सर्वाधिक गोलकर्ता मनाङ्ग मर्स्याङ्गदीका अन्जन बिष्ट भए। अनुशासित टिम आयोजक मदन भण्डारी स्पोटस एकेडेमी र बेष्ट कोच थ्री स्टारका मेघराज केसी भए। प्रतियोगितामा उत्कृष्ट हुने सबैले नगद १५ हजार र मेडल र सिल्ड पाए।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुईटा टिमले समान ५० लाख नगद पुरस्कार पाएका छन्। 

थ्री स्टारले दुई महिनाअघि बुटवलमा सम्पन्न अर्को प्रतिष्ठित र पुरानो तिलोत्तमा गोल्डकपको २० औं संस्करणको उपाधि पनि उचालेको थियो। 

प्रकाशित: १९ चैत्र २०७४ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App