coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारलार्इ घुँडा टेकाउन उद्याेगीले ग्यास ल्याउने अनुमति राेके

काठमाडौं– आफ्नो व्यवसायिक स्वार्थ पूरा गर्नको लागि ग्यास उद्योगीले नेपाल आयल निगमसँग ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेका छन्। कानुनको धज्जी उडाउँदै उपभोक्तालाई आतंकित पारेर सरकारलाई घुँडा टेकाउन ग्यास उद्योगीले गैर व्यवसायिक चरित्र प्रर्दशन गरेका हुन्। नेपाल एलपी ग्यास उद्योग संघको निर्देशनमा उद्योगीले मंगलबारबाट पिडिओ लिन रोके पनि नआत्तिन नेपाल आयल निगमले आग्रह गरेको छ ।

पिडिओ रोक्दैनमा तत्काल बजारमा ग्यास अभाब नहुने निगमको दाबी छ। उद्योगीले गत महिना भन्दा छ हजार मेट्रिक टन बढी ग्यासको पिडिओ लिइसकेको निगमले जनाएको छ। जुन महिना ३४ हजार पिडिओको कोटा निर्धारण गरेकोमा उद्योगीले ३२ हजार मेट्रिक टन ग्यास लोड ३३ हजार उठाइसकेको आयल निगमले जनाएको छ।

यो महिनाको लागि आवश्यक ग्यास उठाइसकेकोले हतास नहुन नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । विगतका महिनामा २७/२८ हजार मेट्रिक टन ग्यास ल्याउने गरेकोमा जुनमा विगत भन्दा  करिब छ हजार मेट्रिक टन ग्यासको पिडिओ लिइसकेको निगमले जनाएको छ। ‘गत महिनाको भन्दा धेरै पिडिओ लिइसकेका छन्,’ नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘आत्तिइहाल्नु पर्ने अवस्था छैन।’ पिडिओ लिइसकेको ग्यास भने उद्योगीले भारतका रिफाइनरीबाट क्रमशः उठाएर ल्याउँदै आएका छन्।

एचपी र सुगम ग्यास बिस्फोटमा चार जनाको ज्यान गएपछि सरकारी कारबाहीबाट बच्न उद्योगीले अलोप्रिय उपभोक्तामारा निर्णय गरेका हुन्। ललितपुरमा एचपी ग्यास विष्फोटमा तीन जनाको मृत्यु भएपछि सरकारले उक्त कम्पनीको पिडिओ रोक्ने निर्णय गरेको हो। त्यसविरुद्ध व्यवसायीले पाँच दिनअघि नै निर्णय सच्याउन अल्टिमेटम दिएका थिए। त्यसलगत्तै सुगम ग्यासमा आगालागी भएर घाइते भएका एक जनाको पनि मृत्यु भएको थियो। यी दुई घटनाबाट चोखिन र सरकारलार्इ घुँडा टेक्न बाध्य पार्न व्यवसायीले यस्तो अलोकप्रिय निर्णय गरेका हुन्।

सरकारले उद्योगीलाई दुःख दिन खोजेकोले आन्दोलन गर्नु परेको भन्दै संघका अध्यक्ष शिव घिमिरेले बचाउ गरे। यता उद्योगीलाई बार्तामा आउनको लागि आपूर्ति मन्त्रालयले मंगलबार पत्राचार गरेको जनाएको छ।

 

प्रकाशित: ७ असार २०७३ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App